मुर्ति बनाउने कल्लु नेपाली

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,२२ भदौ | जातिय हिसावले उनी दलित(दमाइ) हुनुहुन्छ । तर दाङ लगायत आसपासका जिल्लाहरु रुकुम, रो8Dदु धर्म संस्कारमा मानिने सबै प्रकारका भगवानको मुक्ति बनाउन सिपालु हुनुहुन्छ । शिवको मात्र होइन, दुर्गा, कालि, सरस्वति, बनदेवी, विष्का थरी थरीका मुर्ति उहाँले बनाउदै आउनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


घोराही उपमहानगरपालिका–१४ बसपार्क निवासी कल्लु नेपाली हिन्दु धर्म संस्कारमा मानिने सबै प्रकारका भगवानको मुक्ति बनाउन सिपालु हुनुहुन्छ । शिवको मात्र होइन, दुर्गा, कालि, सरस्वति, बनदेवी, विष्णु, गणेश, बुद्धका मुर्तिहरु उहाँले बनाउदै आउनुभएको छ । त्यस्तै जीव जनावर र मान्छेका मुर्तिहरु पनि उहाँले बनाउन खप्पिस भैसक्नुभएको छ ।

कहिले पनि विद्यालयलको ढोका नटेकेका नेपालीलाई अक्षर चिन्न आउदैन । तर उहाँ विभिन्न प्रकारका भगवानका मुर्ति वितग ४० बर्षदेखि बनाउदै आउनुभएको छ । उनी आफै हिसाव लगाउनुहुन्छ ‘अहिलेसम्म चार हजार बढी मुर्ति बनाइसके हुला ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनलाई मुर्ति बनाउन धेरै मेहेनत खर्चिनु पर्छ । एउटा मुर्ति बनाउन कम्तीमा तीन हजार बढी रकम खर्च हुन्छ । तर आम्दानी भने उति धेरै हुदैन । उहाँ सुनाउनुहुन्छ ‘एउटा मुर्तिलाई ५ हजार देखि १५ हजारसम्म भन्ने गरेको छु । त्यही पनि मुर्ति किन्न आउनेहरु औधि बार्गेनिङ गर्छन । मुर्तिलाई भने अनुसारको मोल दिदैनन ।’

नेपालीले मुर्ति बनाएर आएको रकमवाटै घर व्यवहार चलाउने गर्नुभएको छ । सानै देखि मुर्ति बनाउदै आएका नेपाली अहिले ६१ बर्ष पुग्नुभयो अर्थात उनी २०१४ सालमा भारतको कानपुरमा उहाँको जन्म भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कानपुरबाट २०१८ सालमा घर फर्किनुभयो । घर फर्किए पछि नेपाली बुबासँगै घोराहीमा घर बनाउने देखि मुर्ति बनाउने लगायतका विभिन्न काम गर्न थाल्नुभयो । उहाँलाई अहिले पनि सम्झाना छ । उहाँको पुरानो घर घोराही १३ सेवारमा थियो । बाल्यकाल भारतमा विते पनि, पछि उहाँ बुवासँगै पुरानो घर सेवार फर्केर मुर्ति बनाउने कला सिक्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘घोराहीको मुख्य केन्द्रमा रहेको बालमन्दिर स्कुल हामी बाबु छोराले बनाएका हौ ।’ उहाँले सम्झिनुहुन्छ । ‘स्कुल बनाउदा मैले बुबालाई गाह्रो लगाउन सहयोग गरेको थिए ।’ त्यो समयमा बनाएको ठुलो काम भएकाले कल्लुका लागि त्यो काम अहिले पनि सम्झाना र गर्व रुपमा रहेको छ ।

घर बनाउने सक्ने भए पनि नेपालीले आप्mनो मुख्य पेशा मुर्र्तिकलालाई बनाउनुभएको छ । विभिन्न देवीदेवताका मूर्ति बनाउन सिपालु नेपालीले एक बर्षको अवधिमा चार÷पाँच सय मूर्ति बनाएर बिक्री गर्ने गर्नुभएको छ । त्यही मूर्ति बेचविखन गरेरै घर चलाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘म २०१४ सालमा जन्मिएको हु, अहिले ६१ वर्षको भए, अहिले पनि विभिन्न देवीदेवताका मुर्ति बनाउने गरेको छु ।’ मैले बनाएका मुर्तिहरु दाङसँगै विदेश समेत पुगेका छन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालीका अनुसार उहाँले बनाएका मुर्तिहरु घोराही उपमहानगरपालिका–१३ ब्रह्राकुने दहको मुख्य मन्दिरमा बनाएको बह्राको मुर्ति हो । त्यस्तै मसिनामा रहेको गणेश मन्दिरको गणेश मुर्ति, घोराहीको लखन थापा पार्कमा लगन थापा मुर्तिसँगै मालपोत कार्यालय र नापी कार्यालयमा समेत आफुले बनाएका मुर्तिहरु राखिएको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय उहाँ मुर्ति बनाएर बेच्नेभन्दा पनि माग अनुसार मुर्ति बनाउने गरेको सुनाउनुहुन्छ । ‘पछिल्लो समय मुर्ति किन्ने मानिसहरुको संख्या घट्दै गएको छ, मन्दिरहरुमा राख्नका लागि मात्र किन्न आउने गरेका छन’, उहाँले भन्नुभयो, ‘त्यसैले पछिल्लो समय कमै मुर्ति बनाउने गर्दै आएको छु ।’ उहाँका अनुसार चाडपर्वको समयमा धेरै मुर्तिहरुको अडर आउने गरेपनि अन्य समयमा खासै विक्रि नहुने गरेको बताउनुहुन्छ ।

सुरुका दिनहरुमा माटो र काठवाट विभिन्न देविदेवताहरुको मुर्ति बनाउने गर्नुभएका नेपालीले पछिल्लो समय कंक्रिटबाट मुर्ति बनाउने गर्नुभएको छ । माटो र काठबाट बनेका भन्दा बढि कंक्रिटबाट बनेका मुर्तिहरु टिकाउ हुने र विक्रि हुने भएकाले विगत केही वर्षदेखि माटो र काठवाट मुर्ति बनाउने काम छोडेको उहाँको भनाई छ ।

मुर्ति बनाउन सिमेन्ट, बालुवा, गिट्टी, छडलगायतका सामाग्रीहरुको प्रयोग गर्ने गरेका गर्नुभएको छ । उहाँका अनुसार पछिल्लो समय घोराहीमा केही व्यक्तिहरुले आफना दिवंगत आफन्तको मुर्ति समेत बनाउने गरेको बताउनुहन्छ । आफ्नो पुर्खेउली पेशाका रुपमा रहेको मुर्ति बनाउने पेशाले अहिले आफुलाई जीउन सहयोग पु¥याएको नेपालीको भनाई छ ।

उहाँ एक्लै मुर्ति बनाउनुहुन्छ । तर त्यस ठाउँको नाम ओम मुर्ति कला केन्द्र नाम दिनुभएको छ । उहाँले आफ्नो मुर्ति बनाउने पेसालाई आर्थिक आम्दानीसँगै आफ्नो धर्म संरक्षणको लागि सानो प्रयास समेत भएको बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *