बढ्दै छ दाङमा लागुऔषध प्रयोग र कारोवार

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
घोराही, २ भदौ

ब्राउन सुगर
गत बर्षमा मात्र जिल्ला प्रहरी कार्यालय दाङले ब्राउन सुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा २९ वटा मुद्दा जिल्ला अदालतमा पेस गर्यो । दर्ता भएका मुद्धामा ३८ जना पुरुष र ४ जना महिला संलग्न थिए । जसमा २६ जना पुरुष र दुई जना महिला धरौटीमा छुटे भने ६ जना पुरुष र २ जना महिला अझै अनुसन्धानमा छन् । प्रहरीले चार जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विगत एक बर्षमा २२० ग्राम ३९० मिलि ग्राम ब्राउन सुगर बरामद पनि गर्यो । ब्राउन सुगरको यो मात्रा थोरै भए पनि मुल्य धेरे हुन आउछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


चरेश
यस्तै जिल्ला प्रहरी कार्यालय दाङले चरेश कारोवारमा गत बर्ष दुई महिला महिला र चार पुरुषलाई पक्राउ गर्यो । लागु औषध चरेशमा एउटा मुद्दा चलाइएकोमा दुई महिला र दुई पुरुष पुर्पक्षको लागि कारागार चलान गरिएका छन् । एक जना धरौटीमा छुटेको र एक जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार पक्राउ परेका चार जनाबाट ६० किलो ८०० ग्राम चरेश बरामद गरिएको छ ।


अफिम
लागु औषधको रुपमा प्रयोग हुने अफिम सहित प्रहरीले एक बर्षमा दुई जनालाई पक्राउ गरेको छ । जसमा एउटा मुद्दा दर्ता भएको र अनुसन्धान पनि चलिरहेको प्रहरीले बताएको छ । प्रहरीले अफिम कारोवारीसँग दुई किलो ५०० ग्राम अफिम बरामद गरेको थियो ।
गाँजा
दाङका धेरै ठाउँमा पाईने गाँजा उत्पादन, विक्रि वितरण र सेवन सबै गैर कानुनी मानिन्छ । विगत एक बर्षमा प्रहरीले ५ पुरुष ३ महिलालाई पक्राउ गरी उनीहरु विरुद्ध तीन वटा मुद्दा अदालतमा दर्ता गरेकोमा सबै धरौटीमा छुटेका छन् ।
नाईट्रोभेट चक्की
यस चक्की कारोवार र सेवनको मुद्दामा प्रहरीले चार जना पुरुषलाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध प्रहरीले मुद्दा चलाए पनि ३ जना धरौटीमा छुटेको र एक जना अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । अहिले धेरै जसो युवाहरुले लागु औषधको रुपमा बजारमा पाईने चक्की, सुई लगायतका औषधीहरु प्रयोग गर्ने गरेको प्रहरीले जनाको छ ।
डाईजापाम र नुफिन
लागु औषधको रुपमा प्रयोग हुने डाईजापाम र नुफिन सहित पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जसमा दुवै जना अहिले अनुसन्धानमा रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लागु औषध प्रयोग गर्नेहरु र कारोवार गर्नेहरु पनि अघिल्ला बर्षको तुलनामा निकै बढेका छन् । प्रहरीले पक्राउ गर्ने, कारवारी गर्ने, धरौटीमा छोड्ने, जनचेतना मुलक कार्यक्रम गर्ने जे जस्तो गरे पनि यसका कारोवारी र सेवन कर्ता भने घट्न सकेका छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अघिल्ला बर्षको तुलनामा यसको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक बर्ष २०७३÷७४मा लागु औषध प्रयोग र कारोवारमा प्रहरीले १७ वटा मुद्दा अदालतमा पेस गरेको थियो भने आर्थिक बर्ष २०७४÷७५मा २० वटा मुद्दा चलाएको थियो । तर गत आर्थिक बर्ष २०७५÷७६मा यो बढेर ३५ वटा पुगेको छ ।

लागु औषध प्रयोग, उत्पादन र विक्री वितरणले आजको समाजलाई नराम्रोसँग विरोलेको छ । विशेष गरी युवा पिढीहरु यसबाट बढी आकान्त भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार विशेष गरी शैक्षिक असफलता, पारिवारीक विखण्डन, आर्थिक अभाव, साथी संगीको लहलहैमा लागेर वा डिप्रेशनको कारणले लागु औषधको प्रयोग गर्ने र विक्रीवितरणमा संलग्न भएको पाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विशेष गरी दाङको छिमेकी जिल्ला रोल्पा रुकुम, तिर अफिम, चरेस, गाँजाको उत्पादन हुने हुदाँ यहाँका युवाहरुमा त्यसप्रतिको चासो र प्रयोग बढेको देखिन्छ भने खुला सिमानाको कारण भारतबाट मनपरी औषधी नेपाल भित्रिदा पनि नेपाल औषधी भित्रिएको देखिन्छ ।
प्रहरीका अनुसार लागु औषध प्रयोग वा कारोवारीलाई पक्राउ गरेर कारवाहीवाहीको दायरामा ल्याउनु मात्र नभई सिंगो समाज नै यसप्रति सचेत र सजक हुनुपर्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *