आजको मौसम : बाढी र चट्याङको खतरा

काठमाडौं, भदौ २ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको जनाएको छ  ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा पश्चिमका तराई र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा गराउने प्रणाली सक्रिय भइ दाङ, कपिलवस्तु तथा यसका आसपासका स्थानहरुमा मेघ गर्जनसहित वर्षा झन् सक्रिय हुँदै गएको जनाइएको छ ।

आगामी बुधबारसम्म मौसम सामान्यतया बदली रहने जनाउँदै मौसम पूर्वानुमान महाशाखाले अबका २४ घण्टामा मेघगर्जन र चट्याङ्गबाट जोगिन सबैमा आग्रह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महाशाखाले देशको पश्चिम तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र त्यसले चुरेबाट बहने खोलाहरुमा आकस्मिक नदीको वहावमा बृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले ती भूभागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

उता बाढी पूर्वानुमान महाशाखाले केही बेरअघि जारी गरेको बुलेटिनमा आज पश्चिम राप्ती र बबईमा वहाव बढ्ने जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी, आज तनहुँ, चितवन, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ्ग, रुपन्देही, कपिलवस्तु, दाङ्ग, रोल्पा, सल्यान भइ बहने नदीमा आकस्मिक वहाव हुन सक्ने भएकोले सतर्कता अपनाउन तथा प्रदेश ५ को चुरे र तराई भूभागको राजमार्गमा साना खोला पार गर्दा सतर्क रहन आग्रह गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *