धार्मिक स्थल रिहारको पाैराणीक ढुङ्गा गायव

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल
दाङ असार  । दाङको चर्चित बगार बाबा धार्मिक स्थल रिहारमा रहेको शिला (भौंडी ढुङ्गा गायव भएको छ । असार सोह्र गते आइतबार दिउँसो बगार बाबा धार्मिक स्थल मन्दिर परिसरबाट भौडी हराएको स्थानीयले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमध्येको एक महत्वपूर्ण धार्मिक स्थल रिहारको बगार बाबा धार्मिक स्थलको भौडी ढुङ्गा बोकेर भत्तजनले मन्दिर परिक्रमा गर्ने गर्दथे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त शिला बोकेर मन्दिर घुम्ने सके मनोकांक्षा पुरा हुने जनविश्वास रहदै आएको थियो । चार दिनदेखि शिला हराएको भए पनि वरिपरि भएको आशंकामा कसैलाई खबर नगरी खोजी गर्दा नपाएपछि प्रहरीलाई जानकारी दिएको बताउनुभयो । भौडी ढुङ्गा हराएको विषयमा बगार बाबा धार्मिक विकास समिति मौन बसेको पाइएको छ ।

प्राचिन महत्व बोकेको भौडी ढुङ्गा हराउँदा बगार बाबा धार्मिक विकास समिति मौन बसेको छ । अस्थायी प्रहरी चौकी रिहारले बगार बाबा धार्मिक विकास समिति मौन बसेको विषयमा, मन्दिरका पुजारी र मन्दिरको चौकीदारलाई हिरासतमा लिएर अनुसन्धान सुरु गर्ने बताएको छ । चार दिनदेखि हराएको भौडी ढुङ्गा फेला नपरेपछि अस्थायी प्रहरी चौकी रिहारले थप अनुसन्धान सुरु गर्न थालेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भौडी ढुङ्गा बोक्नेको लस्कार
दाङको चर्चित धार्मिक एउटा धाम रिहारमा माघे संक्रान्तिका दिन यहाँ भौडी ढुङ्गा उचाल्नेहरुमा हाडेवाजी लाग्ने गर्छ । गत वर्ष माघीका दिन रिहारमा लागको मेलामा पनि त्यस्तै होडवाजी देखिएको थियो । यो प्रचलन वर्षौंदेखि चल्दै आएको छ । दाङको लमही नगरपालिका वडानम्वर ९ रिहार स्थित रिहार मेलामा तिर्थालुहरुको बगार बाबा भौडी ढुङ्गा उचाल्न सक्नेहरु बीर र सफल व्यक्तीका रुपमा दरिन्छन् भन्ने विश्वास रहँदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यहाँ रहेको यो भौडी ढुङ्गा बोकेर बगार बाबा मन्दिरको परिक्रमा गर्न सक्ने हो भने इच्छाएको कुरा पुरा हुन्छ भन्ने मत रहेको लमही नगरपालिका वडानम्वर ८ सतवरीया निवासी सुरज चौधरीले बताउनुभयो । बगार बाबा मन्दिर परिसरमा ७५ किलोको ढुङ्गा रहेको छ । यहाँ आउने प्रायः सबै भक्तजनहरुले एक पटक त्यही आस्थाले गर्दा यो भौडी ढुङ्गा काधमा बोक्ने प्रयास गर्ने गर्छन् । अधिकांश भारतीय तीर्थयात्रुहरुको भिड रहने रिहार मेलामा उनीहरुले पनि यो ढुङ्गा काँधमा बोकेर मन्दिर परिक्रमा गर्ने गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *