घोराहीमा ५३ जनालाई सिकलसेल एनिमिया


घोराही उपमहानगरका तीन स्थानमा गरिएको रगत परिक्षणबाट ५३ जना व्यक्तिमा सिकलसेलको लक्षण देखिएको छ । यही असार १२, १५ र १६ गते वडा नम्बर २ को रामपुर, वडा नम्बर ७ को सौडियार र वडा नम्बर १० को नारायणपुरमा ३ सय ४३ जनामा गरिएको परिक्षणमा ५३ जनामा सिकलसेल एनिमियानको लक्षण देखिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


रामपुर स्वास्थ्य प्रर्बद्धन केन्द्रमा ५५ जनाको रगत जाँच गर्दा ८ महिला र ४ पुरुष गरि १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य चौकी सौडियारमा १ सय ३१ जनाको रगत परिक्षण गर्दा १४ महिला र एक जना पुरुषमा सिकलसेलको लक्षण देखिएको छ ।


वडा नम्बर १० को स्वास्थ्य चौकी नारायणपुरमा १ सय ५७ जनाको रगत जाँच गर्दा १९ जना महिला र ७ जना पुरुष गरि २६ जनामा सिकलसेलको लक्षण देखिएको संयोजक घर्तीको भनाई छ । सिकलसेलको लक्षण पुरुष भन्दा धेरै महिलामा देखिएको छ । महिलाको संख्या ४१ र पुरुषको संख्या १२ रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसमा पनि २० बर्ष देखी ५९ बर्ष उमेर समुहका व्यक्तिमा सिकलसेलको लक्षण देखापरेको छ । घोराही उपमहानगर स्वास्थ्य शाखाले सिकलिङ अर्थात प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा इलेक्ट्रो प्रोसिस जाँचका लागि रिफर गरिने संयोजक घर्तीले जानकारी दिनुभयो । विरामीहरुको उपचार खर्च सबै उपमहानगरले व्यहोर्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *