घोराहीको प्रज्ञा सप्लायर्सको कर्तुत

नवीन अभिलाषी
दाङ, असार १८ । प्रज्ञा सप्लायर्सले मुख्यतः चामलको कारोबार गर्दै आएको छ । प्रज्ञाले बजारमा वितरण गर्ने चामलका विभिन्न ब्राण्डहरु बजारमा दिने गर्छ । तर ती ब्राण्डेड बोरा भित्रको चामल भने एउटै भएको पाईएको छ । मंगलबार सप्लायर्सको गोदामभित्र गरिएको अनुगमनका क्रममा भारतिय विभिन्न ब्राण्डका नयाँ खाली बोराहरु ल्याउने र त्यसमा कमसल खालको एउटै चामल राखेर शिल प्याक गरी बजारमा फरक फरक मुल्यमा विक्रि वितरण गर्ने गरेको पाईएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुगमनको क्रममा बोरा शिलप्याक गर्ने मेसिन, करिव एक दर्जन भन्दा बढि प्रकारका भारतिय चामलको ब्राण्डका खाली तर नयाँ बोराहरु भेटिएको थियो भने, कमसल खालको नेपाली ब्राण्डको खुल्ला चामल समेत भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जाराले बताउनुभयो । ‘कुनै पनि सप्लायर्सले बोरा खोल्ने र त्यसभित्रको सामान यता यता गर्न पाउँदैन । प्रज्ञा सप्लायर्सको काम अलि शंकास्पद देखिएको छ, त्यसलाई हामीले निगरानीमा राखेका छौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सप्लायर्सले रासायनिक मल, चामल लगाएतका खाद्य सामग्रीहरु एउटै ठाउँमा राख्ने गरेको, समयसिमा गुज्रिसकेका सामानहरु नष्ट नगरी गोदाममै राख्ने गरेको, गोदाम समेत शंकास्पद रुपमा सञ्चालन गर्ने गरेको पाईए पछि उच्च निगरानीमा राखिएको उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक यमबहादुर कुंवरले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनुगमन टोलीले घोराही बजारका एग्रोभेट सेन्टर, पेट्रोल पम्प, मासु पसल बधशाला लगाएतको अनुगमन गरेको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिकाका, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कार्यालय तुलसीपुर, नेपाल आयल निगम तुलसीपुर, नेपाल पत्रकार महासंघ, नेपाल प्रहरीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *