कर्णाली नदिमा खसेको जिप अझैँ बेपत्ता


दाङ, ४ असार ।
मंगलबार दिउँसो कर्णाली नदिमा खसेको जिप अझै बेपत्ता छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा हिजो मध्यान्ह १२ बजे खसेको लु १ ज ७१६६ नम्बरको जीपको खोजि कार्य जारी भएपनि फेला नपरेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मंगलबार दिउँसो १ बजे देखि खोजि कार्य जारी राखिएको भएपनि जिप र सवार यात्रुको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जनाएको छ । घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको उद्धार टोलीले बेपत्ता गाडीको बारेमा कुनै जानकारी पत्ता नलागान नसकेपछि थप खोजविन र उद्धारका लागि गृहमन्त्रालयको पहलमा अहिले बिहान गोताखोर सहित तालिमप्राप्त उद्धार टोली हुम्ला पुग्ने सहायक प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेले जानकारी दिनुभयो ।

भर्खरका गाडी सिकारुले जीप चलाएका कारण यांचुमा जीप दुर्घटना भएको प्रारम्भीक तत्थ्य फेला परेको छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *