राष्ट्रसेवकले आफ्ना छोराछोरीलाई अनिवार्य सरकारी स्कूलमा पढाउनुपर्ने


दाङ, ४ असार ।
सरकारले सार्वजनिक कोषबाट तलबभत्ता खाने राष्ट्रसेवकले आफ्ना छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उच्चस्तरीय शिक्षा आयोगले पनि राष्ट्रसेवक कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो । सरकारले ल्याएको विधेयक पारि त भए झण्डै २८ हजार सामुदायिक विद्यालयको शिक्षा सुधार हुने मन्त्रालयको दावी छ । सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या अहिले करिब ५ लाखको हाराहारीमा छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *