अज्ञातसमुहद्धारा वडा कार्यालयमा आगजनी

शंकर केसी
सल्यान, ३ असार ।
सल्यानमा अज्ञात समूहले एक वडा कार्यालयमा आगजनी गरेको छ । छत्रेश्वरी गाउँपालिका स्थीत मुलखोलामा रहेको ३ नम्बर वडा कार्यालयमा आगजननी हुँदा कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुई वटा कोठामा रहेको वडा कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात संगै ल्यापटप, कम्पुटर, फोटोकपि मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट जस्ता सामान जलेर नष्ट भएको वडा अध्यक्ष राज बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यालयको प्रशासन कक्ष र प्राविधिक कक्ष दुबैमा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछी स्थानिय वासिन्दाले राती नै आगो निभाउन खटिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आगलागी स्थलमा अहिले इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक नरबहादुर खड्काको नेतृत्वमा प्रहरी टोलि पुगेको छ । घटनाको अनुसन्धान भैरहेको र थप विवरण आउन बाकी रहेको खड्काले जानकारी दिनुभयो ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *