विदेशको यात्रा त्यागेर ग्यारेज खोल्दै राजपुरका युवा

दाङ, असार ३ । प्रदेश सभा सदस्य एवं सांसद रेवतीरमण शर्माले आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर सृजना गर्न प्रदेश सरकारले विशेष कार्यक्रम अघी सारेको बताउनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत मोटरसाइकल मर्मत तालिम तथा औजार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव विकास सुचांकमा पछाडि रहेका गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम मार्फत गरिब, विपन्न, सिमान्तकृत समुदायका नागरिकलाई स्वदेशमा रोजगारीको अवसर सृजना सफल भएको बताउनु भएको छ ।
ञविदेशको यात्रा तय गरेका युवाहरु अब विदेश नगएर स्वदेशमा रोजगारी सुरु गर्ने सुन्दा निकै खुसी लागेको छ । अब आफ्नै गाउँ ठाउँमा रोजगारीको अवसर प्राप्त भैरहेको भन्दै उहाले ठगिएका वस्तिमा विकास र रोजगारीको अवसर प्रदान गर्न प्रतिवद्द रहेको बताउनुभयो ।

प्रदेश पाँचको १२ जिल्लाको ३६ गाउँपालिकामा कार्यक्रम लागु भएको छ । प्रति गाउँपालिका ४५ लाख ९० हजार बजेट रहेको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम कार्यान्वयन तथा सिफारिस समितिका अध्यक्ष तथा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा माननीय सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका जिल्ला सदस्य श्रीधरराज भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव भुपेन्द्र भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तालिमका मुख्य प्रशिक्षक दुर्गा खत्रिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण दाङ सूचना तथा अध्ययन केन्द्रका अध्यक्ष टीका बस्नेतले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *