विचार

व्यवसायीहरुको हकहितका लागि काम गर्ने छु : अध्यक्ष भण्डारी (अन्तरवार्ता)
र्वार्ता, विचार

व्यवसायीहरुको हकहितका लागि काम गर्ने छु : अध्यक्ष भण्डारी (अन्तरवार्ता)

निर्माण व्यवसायी प्रविणकुमार भण्डारीले विगत २७ वर्षदेखी निर्माण व्यवसायीको रुपमा काम गर्दै सफल पहिचान बनाउन सफल हुनुहुन्छ । हाल उहाँ दाङ निर्माण व्यवसायी संघको अध्यक्ष भएर संस्थागत जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । यसैविच हामीले संघका अध्यक्ष भण्डारीसँग संक्षिप्त कुराकानी गरेका छौँ ……..।।प्रस्तुती : चन्द्रप्रकाश नेपाली प्रविणकुमार भण्डारीअध्यक्षदाङ निर्माण व्यवसायी संघ स्वागत छधन्यवाद । दाङ निर्माण व्यवसायी संघको अहिलेको ब्यबस्तता के छ ? नेपाल निर्माण व्यवसायी महासंघको आन्दोन अन्तरगत दाङसहित देशैभर भैरहेको सांकेतिक आन्दोलनलाई सफल बनाउने काममा लागि परेका छौँ । यसका साथै कार्यालयको दैनिक क्रियाकलापहरुलाई पनि व्यवस्थित बनाउदै सञ्चालन गर्ने काममा व्यस्त छौँ । तपाईले दाङ निर्माण व्यवसायी संघमा अध्यक्षको जिम्मेवारी सम्हालिरहदा यहाँको नेतृत्वले के कस्ता काम गर्ने योजनाहरु बना...
अप्टिमिष्ट क्लव बालबालिकाको क्षेत्रमा काम गर्ने स्वयंसेवक संस्थाँ हो : अध्यक्ष गिरी
र्वार्ता, विचार

अप्टिमिष्ट क्लव बालबालिकाको क्षेत्रमा काम गर्ने स्वयंसेवक संस्थाँ हो : अध्यक्ष गिरी

प्रस्तुती : चन्द्रप्रकाश नेपाली सनत गिरीअध्यक्ष (अप्टिमिष्ट क्लव अफ घोराही) स्वागत छ । धन्यवाद । अप्टिमिष्ट क्लव कस्तो संस्था हो ? अप्टिमिष्ट क्लव भनेको बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा स्वयंसेवक संस्थाँ हो । बालबालिकाको पुर्ण क्षमता विकास गर्ने यस क्लवको प्रमुख उद्देश्य हो । सन् १९११ मा अमेरिकको न्यूयोर्कमा स्थापना भएको यो एउटा अन्तराष्ट्रिय क्लव हो । जसले विश्वका २९ भन्दा धेरै देशहरुमा आफ्ना शाखाहरु सञ्चालन गर्दै आएको छ । नेपालको सन्दर्भमा अहिले देशभरका ४७ स्थानमा सञ्चालनमा रहेका छन् । जसमध्ये अप्टिमिष्ट क्लव अफ घोराही एउटा क्लव हो । हामीले घोराहीमा गतवर्षदेखी क्लव गठन गरेर आफ्ना क्रियाकलापहरुलाई समाजमा सञ्चालन गर्दै आएका छौँ । यहाँले नेतृत्व सम्हालेको क्लवको अवको कार्यसमितीले समाजमा बालबालिकाको क्षेत्रमा कस्ता क्रियाकलापलाई जोड दिएर काम गर्छ ? मेरो नेतृत...
जनताको हरेक गतिविधिसँग नजिक भएर काम गर्दै आएको छु : वडाध्यक्ष चौधरी (अन्तर्वाता)
र्वार्ता, विचार

जनताको हरेक गतिविधिसँग नजिक भएर काम गर्दै आएको छु : वडाध्यक्ष चौधरी (अन्तर्वाता)

श्यामनारायण चौधरीवडाध्यक्ष : लमही नगरपालिका वडा नं. ६ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको पनि करिब डेढ वर्ष वितिसक्न लाग्यो । जनताले जिताएर पठाएका (जनप्रतिनिधि) वडा सरकारले जनताका आधारभूत आवश्यकता लाई कसरी सम्बोधन गर्दै आएका छन् वा छैनन्, सोही विषयमा रहेर पत्रकार शिवु खनालले लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण चौधरीसंग गरिएको कुराकानी : १, स्थानीय तह वडाध्यक्ष रुपमा पहिलो वर्ष बिताउनुभयो कस्तो अनुभव गर्नुभएको छ ? गत वर्ष भएको स्थानीय तहको निर्वाचनबाट म जनताको प्रतिनिधिका रूपमा निर्वाचित भएर लमही नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा आएको हुँ । जनताको हरेक गतिविधिसँग नजिक भएर काम गर्दै आएको छु । वडा कार्यालयमा भएको सीमित स्रोत साधानलाई सदुपयोग गर्दै जनताको असीमित इच्छा, चाहना, आवश्यकता परिपूर्ति गर्नुपर्ने भएकाले केही अधुरो एवं अपुरो भएको अनुभव भएको छ ...
शैक्षिक सत्र सुरुवातसँगै बढेको चुनौती
विचार

शैक्षिक सत्र सुरुवातसँगै बढेको चुनौती

नारायणप्रसाद श्रेष्ठ २०८० सालको सुरुसँगै निकै तामझामका साथ निजी र सरकारी विद्यालयमा शैक्षिक भर्ना अभियान सुरु भइरहेको छ । शिक्षा पाउनबाट कोही पनि बञ्चित नहून् भनी घर–घर, टोल–टोलमा व्यापक रुपले प्रचारप्रसार गरिँदैछ । विद्यालय सञ्चालक समितिका पदाधिकारी, शिक्षक बुद्धिजीवी एवम् अभिभावक स्वयम् यस अभियानमा जुटेको देखिन्छ । शिक्षाको उज्यालो घामबाट कोही अलग हुन नपरोस्, बच्चाको शिक्षा पाउने अधिकार सुनिश्चित होस् भनी हाम्रो घरआँगन, विद्यालय सबै क्षेत्र बढी सुझबुझका साथ अभियानको सार्थकतातर्फ लागिपरेको अवस्था छ । हुन त यस्तो अभियान विगत वर्षदेखि हुँदै आए पनि प्रत्येक वर्ष यस्तो अभियान सञ्चालन भइरहेको पाइन्छ । दश कक्षासम्म निःशुल्क शिक्षा दिने सरकारको नीति हुने कुरा बारम्बार प्रष्ट्याइँदै छ । प्रत्येक वर्षझैँ यस वर्ष विभिन्न नाराका साथ यो अभियान अगाडि बढेको छ तर पनि शैक्षिक वातावरण सहज र गुण...
लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी, समाजसेवा हुँदै मुख्यमन्त्रीसम्मको यात्रा…
प्रदेश विषेश, विचार

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी, समाजसेवा हुँदै मुख्यमन्त्रीसम्मको यात्रा…

यमकला भुसाल तुलसीपुर, बैशाख १४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँका स्थायी बासिन्दा ५४ बर्षीय डिल्लीबहादुर चौधरी बैशाख १४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री बनेका छन् । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका चौधरी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्न सफल भएका छन् । चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबै दलहरुका ५३ सांसदको साथ समर्थन थियो । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट २०७९ मंसिर ४ गतेको निर्वाचन मार्फत निर्वाचित सांसद चौधरीलाई मुख्यमन्त्रीमा चयन गरेका हुन । प्रदेशसभाको बहुमत सांसदको हस्ताक्षरसहित आँफुलाई मुख्यमन्त्री बनाउन माग गर्दै चौधरीले बिहीबार दिउँसो मात्रै दाबी पेश गरेका थिए । ५४ बर्षीय मुख्यमन्त्री चौधरीको बिगत स...
जागिर भन्दा उद्यमशीलतामा नै राम्रो : पुन
र्वार्ता, विचार

जागिर भन्दा उद्यमशीलतामा नै राम्रो : पुन

हाम्रो समाजमा अधिकांश महिलाहरू घरभित्रै सीमित हुन्छन् तर बाहिर आए पनि व्यवसायमा कमै मात्रामा आउने गरेका छन् । झनै होटेल तथा रेष्टुरेण्ट क्षेत्रमा आउँदैनन् नै । आएकालाई पनि समाजले हेर्ने दृष्टिकोण त्यति सकारात्मक रहेको पाइँदैन तर आफ्नो इच्छाशक्ति र लगनशीलता हुने हो भने सफलतापूर्वक होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण समेत धेरै भेट्न सकिन्छ । उदाहरणीय रूपले अगाडि बढेको छ घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको लिटिल फरेस्ट । श्रीमती प्रेक्षा पुन र श्रीमान् मनकाजी बुढा मगर मिलेर २०७७ साल भदौ महिनाबाट सञ्चालन गरेको लिटिल फरेस्टले अहिले आफ्नो छुट्टै पहिचान गराउन सफल समेत भएको छ । लिटिल फरेस्टमा बेकरी आइटम केक तथा कफी रेष्टुरेण्टमा उपलब्ध रहेको छ । स्वादिष्ट परिकार पाउने भएकाले अधिकांश ग्राहकको रोजाइ समेत बन्ने गरेको छ । महिलाले नेतृत्व गरेर सञ्चालन गरेको व्यवसायमा के–कस्ता ...
रोल्पामा कांग्रेस माओवादी मिलनले सकारात्मक सन्देश दियो : नेता पुन
विचार

रोल्पामा कांग्रेस माओवादी मिलनले सकारात्मक सन्देश दियो : नेता पुन

दाङ, २९ असोज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको मिलनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै सकारात्मक सन्देश दिएको बताउनु भएको छ। गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आवश्यकता अनुसार अहिले सहकार्य गरिएको बताउनु भयो । पुनले भन्नुभयो, ‘कुनै वेला लडाईँ प्रधान थियो, हामी दुई धु्रव जस्ता भएर लड्यौं, बीचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा ग¥यौं, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं ।’ गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताका बीच देशका सवै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको वताउँदै उहाँले देशभर २ सय ठाउँमा बागी उम्मेदवारी परेकोमा अहिले बागीको संख्या १० मा झरेको बताउनुभयो । रोल्पा प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध बागी बनेका माआवादी नेता दीपेन्...
पार्टी भित्रै विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा
विचार

पार्टी भित्रै विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा

दाङ, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस भित्र नै विद्रोह गर्नुपर्ने बेला आएको बताउनुभएको छ । शुक्रवार आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले नेपाली कांग्रेस भित्र सही ढङ्गबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टी भित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको बताउनु भयो । उहाँले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु चुनावको गोलचक्करमा मात्रै सीमित भएको दाबी गर्नुभयो । महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढङ्गले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै अब पार्टीभित्र नयाँ खालको सङ्घर्षको आवश्यकता बोध हुन थालेको दाबी गर्नुभयो । उहाँले युवाहरुको समर्थनले आफूमा यस्ता विकृतिहरुलाई चिर...
संविधान प्राप्तिको प्रमुख हकदाक लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी
विचार

संविधान प्राप्तिको प्रमुख हकदाक लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी

दाङ, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार रहेको बताउनुभएको छ । बुटवलमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान बनाउन लुम्बिनी प्रदेशले सबैभन्दा बढी बलिदानी गरेको भन्दै बढी हकदार रहेको बताउनुभएको हो । “संविधान प्राप्त गर्न, गणतन्त्र लिनका लागि बलिदान, त्याग, तपस्याबाट प्राप्त भएको हो,” उहाँले भन्नुभयो, “नेपालको सबैभन्दा बढी बलिदान, त्याग तपस्या गरेको प्रदेश भएकोले हामी गणतन्त्र र संविधान प्राप्तीको प्रमुख हक दावी हौँ, यो संविधानको रक्षा पनि हाम्रै भूमिका हुनेछ ।” मुख्यमन्त्री केसीले संविधानको कार्यन्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा भएको बताउँदै गणतन्त्र र संविधान विर...
दुई वर्षमा सबैको घरमा विद्युत् जडान गरिसक्ने: मन्त्री भुसाल
विचार

दुई वर्षमा सबैको घरमा विद्युत् जडान गरिसक्ने: मन्त्री भुसाल

दाङ, १८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्ष भित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताउनु भएको हो । उहाँले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गर्नु भयो । देशको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पार्नु भयो । विद्युत् खपत बढाउन सरकारले अभियान नै सञ्चालन गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । ...