विचार

संविधान प्राप्तिको प्रमुख हकदाक लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी
विचार

संविधान प्राप्तिको प्रमुख हकदाक लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी

दाङ, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार रहेको बताउनुभएको छ । बुटवलमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान बनाउन लुम्बिनी प्रदेशले सबैभन्दा बढी बलिदानी गरेको भन्दै बढी हकदार रहेको बताउनुभएको हो । “संविधान प्राप्त गर्न, गणतन्त्र लिनका लागि बलिदान, त्याग, तपस्याबाट प्राप्त भएको हो,” उहाँले भन्नुभयो, “नेपालको सबैभन्दा बढी बलिदान, त्याग तपस्या गरेको प्रदेश भएकोले हामी गणतन्त्र र संविधान प्राप्तीको प्रमुख हक दावी हौँ, यो संविधानको रक्षा पनि हाम्रै भूमिका हुनेछ ।” मुख्यमन्त्री केसीले संविधानको कार्यन्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा भएको बताउँदै गणतन्त्र र संविधान विर...
दुई वर्षमा सबैको घरमा विद्युत् जडान गरिसक्ने: मन्त्री भुसाल
विचार

दुई वर्षमा सबैको घरमा विद्युत् जडान गरिसक्ने: मन्त्री भुसाल

दाङ, १८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्ष भित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताउनु भएको हो । उहाँले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गर्नु भयो । देशको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पार्नु भयो । विद्युत् खपत बढाउन सरकारले अभियान नै सञ्चालन गरिरहेको उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । ...
लुम्बिनी प्रदेशको राजधानीलाई मुलुककै नमुना बनाइनेछ : मुख्यमन्त्री
विचार

लुम्बिनी प्रदेशको राजधानीलाई मुलुककै नमुना बनाइनेछ : मुख्यमन्त्री

दाङ, १८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्मार्ट सहर सहितको राजधानीका रूपमा विकास गरिने बताउनुभएको छ । कृषि विकास बैंक शाखा कार्यालय भालुवाङको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यसका लागि सरकारले जग हाल्ने काम सुरु गरिसकेको बताउनुभएको हो । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी नदी सभ्यतामा आधारित राजधानी निर्माणको योजना सरकारले तय गरेको जानकारी दिनुभएको छ । राजधानी हाताभित्र पर्ने १४ वटा वडाका व्यवस्थित विकास गरी स्मार्ट सहर सहितको राजधानी बनाउने उहाँले बताउनुभयो । स्थायी राजधानी निर्माणको गुरुयोजना तय गरिएकाले अबको चार वर्षमा नमुनायोग्य राजधानी निर्माण गरी सक्ने उहाँले बताउनुभएको छ । राजधानी क्षेत्रको विकास लागि सरकारले ६०–४० रणनीतिक योजना सहितको जग्गा व्यवस्थापन योजना अघि सारेको उहाँको भनाई थियो । ...
ताला लगाएर, हडताल गरेर विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा
विचार

ताला लगाएर, हडताल गरेर विश्वविद्यालयका समस्या समाधान हुँदैन : प्रधानमन्त्री देउवा

दाङ, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । आज ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षा समाजको विकासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शङ्करदेव क्याम्पसलाई नजिकैको खाली रहेको समाज कल्याण परिषद्को जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले क्याम्पसलाई अध्ययनका लागि ठाउँको कमी भएको कुराप्रति मन्त्रिपरिषदमा छलफल गर्ने र जग्गा उपलब्ध गराउने बताउनुभयो । उहाँले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्...
स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि योजना बनाउन ध्यान दिनुपर्छ : राष्ट्रपति
विचार

स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि योजना बनाउन ध्यान दिनुपर्छ : राष्ट्रपति

दाङ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरूको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई हेरेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी त्यहीअनुसारको जनशक्ति तयार पार्नुपर्ने देशसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरूको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पार्नुभयो । काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले यो अस्पतालले बाल मृत्युदर घटाउनसमेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराउनुभ...
प्रचण्ड र माधव नेपाल ल्याएर वाम एकता गर्ने सम्भावना छैनः शंकर पोखरेल
विचार

प्रचण्ड र माधव नेपाल ल्याएर वाम एकता गर्ने सम्भावना छैनः शंकर पोखरेल

दाङ २२ असार । नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध मोर्चाबन्दी गरेकाले उनीहरूलाई ल्याएर एमाले बलियो हुन नसक्ने बताउनु भयो । माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी रहेको भन्दै उनले यी दुई पार्टीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता रहेको आरोप लगाउनु भएको हो । पोखरेलले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उहाँले बताउनु भएको छ। अब एमालेले...
एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लागेको छ: माओवादी सांसद गजुरेल
विचार

एमाले प्रधानन्यायाधीश जबरालाई जोगाउन लागेको छ: माओवादी सांसद गजुरेल

काठमाण्डौ , २२ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने र त्यसका निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताउनुभयो । प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले उसले जिब्रो चपाएर कुरा गरेको सांसद गजुरेलको आरोप छ । उहाँले भन्नुभयो, ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरौँ भन्नेमा सहमति दिनुपछ । दुई तिहाइ नभइ त यो पारित हुँदैन । प्रतिपक्षले सहयोग नगरि पारि...
विप्लवलाई पुराना मुद्धा लगाउनु हुँदैन: शंकर पोखरेल
विचार

विप्लवलाई पुराना मुद्धा लगाउनु हुँदैन: शंकर पोखरेल

दाङ, १८ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई पुराना मुद्धा लगाउन नहुने बताउनुभएको छ । दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनेमा बोल्दै उहाँले खुल्ला राजनीतिमा आउनु भन्दा पहिलेका घटनाका आधारमा मुद्धा लगाउन नहुने बताउनुभएको हो । खुल्ला राजनीतिमा आइसकेपछि विप्लवले गलत काम गरे दण्डको भागिदार हुने र पहिलेका घटनाका आधारमा मुद्धा चलाउने कुरा उचित नहुने बताउनुभयो । सोमबार ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजना मुद्दामा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित नेता कार्यक्रताहरुलाई ३५ दिने वारेण्ट जारी गरेको छ । यसको संसदमा समेत विरोध भएको थियो । हिजो संसदमा एमाले र माओवादी केन्द्रका सांसदले राजनीतिक मुद्धा राजनैतिक तरिकाले हल गर्नु पर्ने बताएका थिए ।। यस्तै पाखरेलले पाँच दलिय सत्ता गठबन्धनले सरकार...
नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुन सक्छ : अर्थमन्त्री शर्मा
विचार

नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुन सक्छ : अर्थमन्त्री शर्मा

काठमाण्डौ, १७ असार । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज मङ्गलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गर्नुभयो । मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानको भूमिका महत्त्वपूर्ण हो । हामीसँग भएको जमिन, जङ्गल र श्रम हो । यसको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समुन्नत गर्न सकिन्छ । उत्पादन वृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अहिलको ...
दाङबाट धर्मेन्द्र बास्तोलाले भने: प्रचण्ड माधवलाई जिताइदिन सक्छौँ
विचार

दाङबाट धर्मेन्द्र बास्तोलाले भने: प्रचण्ड माधवलाई जिताइदिन सक्छौँ

दाङ, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन)ले फेरि प्रचण्ड माधवलाई आउने निर्वाचनमा आफूहरुले जिताउन सक्ने बताउनुभएको छ । दाङको घोराहीमा पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘२०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेकपालाई हामीले चुनाव बहिस्कार गरेर जिताइदिएका हुँ । फेरि आउने निर्वाचनमा प्रचण्ड र माधवलाई जिताउन सक्छौँ,’ उहाँले भन्नुभयो । तर प्रचण्ड माधवलाई जिताउनका लागि उनीहरुले आफ्नो कुरा मान्नु पर्ने बास्तोलाको माग छ । उहाँले अहिलेको संसदीय व्यवस्थाको अन्त्य गर्ने गरी सहमति गरेमा उनीहरुलाई निर्वाचनमा जिताउन सक्ने बताउनुभयो। संसदीय व्यवस्था अन्त्य गर्न पश्चिमा साम्राज्यवादले गर्दा त्यति सहज नभएको भन्दै उहाँले त्यसको विकल्पमा स्वाधिन संयुक्त सरकार गठन गरेर कार्यन्वयनमा जान सकिने बताउनुभयो। राजनीतिक स...