संविधान प्राप्तिको प्रमुख हकदाक लुम्बिनी प्रदेश हो : मुख्यमन्त्री केसी

दाङ, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले संविधान प्राप्तिमा लुम्बिनी प्रदेश प्रमुख हकदार रहेको बताउनुभएको छ । बुटवलमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान बनाउन लुम्बिनी प्रदेशले सबैभन्दा बढी बलिदानी गरेको भन्दै बढी हकदार रहेको बताउनुभएको हो ।

Blog Post Ad

“संविधान प्राप्त गर्न, गणतन्त्र लिनका लागि बलिदान, त्याग, तपस्याबाट प्राप्त भएको हो,” उहाँले भन्नुभयो, “नेपालको सबैभन्दा बढी बलिदान, त्याग तपस्या गरेको प्रदेश भएकोले हामी गणतन्त्र र संविधान प्राप्तीको प्रमुख हक दावी हौँ, यो संविधानको रक्षा पनि हाम्रै भूमिका हुनेछ ।”

Blog Post Ad

मुख्यमन्त्री केसीले संविधानको कार्यन्वयन र रक्षाका लागि परिवर्तनकारी र गणतन्त्र पक्षधहरु नै एकीकृत र केन्द्रीकृत हुनुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानमाथि दिन प्रतिदिन खतरा भएको बताउँदै गणतन्त्र र संविधान विरोधीहरुले नेपालको २ पटक संविधान विघटन गरेको उल्लेख गर्नुभयो ।

संविधान दिवसका अवसर आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु लगायत मन्त्री, प्रमुख सचिव, सचिव लगायत विभिन्न सरोकारवाला निकायको सहभागीता रहेको थियो ।