स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. २ का योजनाहरु छनोट गरि बजेट विनियोजन गरिएको छ ।
कूल ४ करोड बजेट रहेको उक्त कार्यक्रम मार्फत् सबैभन्दा बढी बंगलाचुली स्थित कमिरेचौरमा १५ शैयाको अस्पताल निर्माण र मावि दुधरासमा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा ५०÷५० लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरी बंगलाचुलीकै लाहापे सामुदायिक स्वास्थ्य इकाई निर्माणका लागि २५ लाख, स्यूजा टुसार–जरुवा मोटरबाटो निर्माणका लागि २५ लाख, घोराही १२ को मावि निघुवारको प्राविधिक कृषि शिक्षा भवन निर्माणका लागि २५ लाख, घोराही ६ फचकपुर–पक्वै–बचाह– जोड्ने वैरहीसोतामा पुल निर्माणका लागि २५ लाख, घोराही ९ एकलघरुवा डिप ट्युवेल वितरण प्रणाली निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ ।
त्यसैगरी घोराहीमा बधशाला निर्माणका लागि १५ लाख, घोराही १७ मा सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयको पूर्...