दिवाकर पोख्रेल
देउखुरी,कातिक । नेपाल सरकारको विद्युत्मा सामुदायिकरण गर्ने निति अनुसार स्थानीय स्तरमा स्थापना भएका सामुदायिक विद्युत् वितरण केन्द्रबाट उपभोत्ताले सहज रुपमा लाभ लिएका छन् ।
दाङ देउखुरीमा क्षेत्रमा स्थापना भएका नौवटा विद्युत् उत्पादन तथा बितरण प्रालिले अहिले ग्रामिण क्षेत्रमा विद्युत् बिस्तारमा भुमिका खेलिरहेका छन् । विद्युत् प्राधिकरणले विद्युत बिस्तार गर्न नसकेका ग्रामिण क्षेत्रमा सामुदायिक विद्युत् वितरण केन्द्रले गाउँ उज्यालो अभियान नै संचालन गरिहेको सामुदायिक विद्युत् बितरण प्रालिले जनाएका छन ।
सामुदायिक विद्युत् बितरण प्रालिको छाता संङगठन सामुदायिक विधुत उपभोत्ता राष्ट्रिय महासंघले आफ्ना मातहतका विद्युत् वितरण केन्द्रलाई आफ्नो सेवालाई ग्रामिण क्षेत्रमा केन्द्रित गर्न निर्देशन गरेको छ । सामुदायिक विद्युत् उपभोत्ता राष्ट्रिय महासंघका केन्द्रिय सदस्य विजय थापाले सामुदायिक विद्युत् वितरण प्रालिले विद्युत् प्राधिकरणलाई सघाइ रहेको बताउनुभयो । स्थानीय स्तरमा रहने हुनाले उपभोत्तालाई महशुल वुझाउन देखि हरेक सेवामा सामुदायिक विद्युत् उपयुत्त रहेको बताउनुभयो ।
यसोत स्थानीय उपभोत्तालेपनि सामुदायिक विद्युत् वितरण केन्द्र स्थापना हुंदा धेरै फाइदा लिएको बताउँछन । राजपुर गाउँपालिका बेलाका अपिल पुनले नजिकै महशुसल बुझाउन विदाको दिनपनि मर्मत गर्न कर्मचारी खट्ने गरेको बताउनुभयो । लमही नगरपालिका ५ निवासी कृष्ण खनालले सामुदायिक विद्युत् वितरण केन्द्र स्थापना भएपछि विद्युत् सेवामा ग्रामिण क्षेत्रका नागरिकको सहज पहुँच पुगेको बताउनुभयो । अहिले पश्चिम दाङको पुरन्धारामा एक करोड १० लाखको लगानीमा नयाँ विद्युतीकरण भइरहेको छ भने ८० लाखको योजनामा बिजौरीमा काम भइरहेको छ । नयाँ ट्रान्सफर्म जडान गर्ने काम नौ बटै सामुदायिक विद्युत् प्रालिले गर्दैछन् ।
अहिले सामुदायिक .विद्युत् वितरण केन्द्रले लो भोल्टेजको समस्या कम गराउनको लागि आफ्नो कार्यक्षेत्रमा ट्रान्सफर्म जडान कार्य तिब्र पारेको छ । उपभोत्ताबाट लो भोल्टेजको समस्याको गुनाशो आएपछि आफ्नो क्षेत्रमा १४ वटा ट्रान्सफर्म जडान थालेको दिपज्योति विद्युत् उत्पादन तथा वितरण प्रालिका प्रवन्धक बासु गौतमले जानकारी दिनुभयो । लो भोल्टेज हटाउने अभियान नै चलाएका छौ, ग्रामिण क्षेत्रमा हाम्रो उपस्थित प्रभावकारी बनाउँदै छौ,गौतमले भन्नुभयो ।
सामुदायिक विद्युत् वितरण केन्द्र स्थानीय विद्युत् प्राधिकरण कार्यालयको निगरानीमा संचालन हुने हुँदा काममा पनि समन्ववय भइरहेको नेपाल विद्युत् प्राधिकरण उप वितरण केन्द्र लमहीका प्रमुख नन्दलाल चौधरील जानकारी दिनुभयो । जलविद्युत् विकास नीति २०५८ले ग्रामिण क्षेत्रका नागरिकलाई विद्युत् पहुंच पु¥याउन यो कार्यक्रम लागु गरेकोले विस्तारै ग्रामिण विद्युत् विद्युतीकरणले फाइदा पु¥याएको शर्माले जानकारी दिनुभयो । प्राधिकरणको ९० प्रतिसत र १० प्रतिसत समुदायको लगानी बेर्होेने गरी यो कार्यक्रम लागु भएको छ ।