दाङ, १६ असोज । जिल्लामा पछिल्लो समयमा हजारीको फुल खेतीगर्ने तर्फ आकर्षण वढदै गएको छ। व्यक्तिगत तथा सामुहिक रुपमा फुल खेतीगर्ने थालिएको हो ।
आफनो जग्गा हुनेले आफनो जग्गामा नहुनेले जग्गा भाडामा लिएर समेत खेती गर्ने थालेका छन् । जिल्लामा फुल खेती नहुदा चाड पर्वको समयमा वाहिय जिल्ला वाट फुल ल्याउनु पर्ने वाध्यता रहेको थियो ।
तर पछिल्लो समयमा फुल खेती हुन थाले पछि वाहिर ल्याउनु पर्ने वाध्यता समेत हटदै जाने व्यवसायिहरुले बताएका छन् । वाहिर वाट फुल ल्याउन नपरेपछि जिल्ला वाटरकम समेत वाहिर जाने छैन । घोराहीका २ युवाहरु मिलेर अहिले घोराही उप महानगरपालिका वडा नं १३ डुमर गाऊमा २ विग्राहा फुल खेती गरेका छन् । उनीहरुले २ विगाहा जग्गा भाँडाका लिएर फुल खेती गरेका हुन । फुलको संभावना देखेर आफुहरुले फुल खेती गरेको लोकेन्द्र रोकाले बताए । उनीहरुले अहिले जग्गाको भाँडा तथा फुल रोप्न, तथा संरक्षणका लागि करिव १ लाख लगानी गरी सकेका छन् । उनले विगत ५ वर्ष देखि नै फुल खेती गदै आएका छन् ।
विगतका वर्षहरुमा थोरै जग्गामा खेती गरेका थिए । तर पछिल्ला वर्षहरुमा जग्गा भाँडामा लिएर खेती गर्ने थालेको रोकाले बताए । ५ वर्षविदेश वसेर फर्के पछि उनले फुल खेतीगर्ने सुरु गरेका हुन । फुल खेती गरे पछि सहज रुपमा विक्री भए पछि यस तर्फ आफनो आकर्षण वढेको उनको भनाइ रहेको छ । ‘सुरुका वर्षहरुमा माग अनुसार फुल पु¥याउन नसेकपछि विस्तारै वढाउदै लगेका हु’ रोकाले भने सुरुका वर्षमा उनले एकलै फुल खेती सुरु गरेका थिए तर पछि रायन वुढा संग मिलेर जग्गा भाँडामा लिएर खेती गर्ने थालेका हुन ।
अन्य वाली भन्दा फुलखेती वाट आम्दानी समेत राम्रो हुने रोकाको भनाइ रहेको छ । फुलको संभावना राम्रो रहेको उनले बताए । उनीहरुले स्थानिय फुल खेती गरेका छन् । आफुहरुले उत्पादन गरेको फुल जिल्लाका घोराही, तुलसीपुर लमहीमा विक्री हुने गरेको रोकाले बताए । ‘हामीलाई फुल विक्री गर्ने कुनै समस्या छैन’ रोकाले भने । अहिले उनीहरुले चार्ड पर्वलाई लक्षित गरेर मात्र फुल खेती गरेका छन् । जिल्लामा अन्य समयमा फुलको माग कमै मात्रामा हुने गरेको बताए ।
तर यसलाई व्यवसायिक रुपमा नै अगाडि वढाउने उनीहरुको सोच रहेको छ । अहिले आफुहरु विहान साझाको समयमा मात्र फुल खेतीगर्ने गरेको रोकाले बताए । ‘हामी अन्य पेशा गरी राखेका छौ फुल खेतीलाई नै व्यवायको रुपमा अगाडि वढाएका छैनउ’ रोकाले भने ।
खेर गएको समय तथा खेर गएको जमिनको सदुपयोग गर्नेका लागि आफुहरुले फुल खेती गरेको रायन वुढाले बताए । ‘वचेको समयलाई सदुपयोग गर्नु पर्दछ भनेर हामीले फुल खेती गरेका हौ’ वुढाले भने । पछिल्लो समयमा जिल्लामा खेती नगरी जमिन खाली हुदै गएको र त्यसको सदुपयोग गर्ने आवस्यक रहेको उनको भनाइ रहेको छ । ‘सवै कुरामा परनिर्भर नभइ आत्म निर्भर वन्नु पर्दछ भन्ने उदेश्यले फुल खेती वढाउदै लगेका हौ’ वुढाले भने ।
जिल्लामा फुल उत्पादन नभएपछि वाहिर वाट ल्याउनु पर्दा रकम समेत वाहिरीने गरेको उनको भनाइ रहेको छ । खेती गरेपछि जिल्लामा नै फुल प्राप्त गर्ने सकिने छ त्यसैगरेर रोजगारको समेत सृजना हुने उनले बताए । यसका लागि राज्यले पनि सहयोग गर्नु पर्ने उनको भनाइ रहेको छ ।उनीहरुले गत वर्षको तिहारमा प्रति माला १ सय ५० रुपैया सम्म विक्री गरेका थिए ।
जिल्ला फुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ पिताम्वर वस्नेतले जानकारी दिए । जिल्लाको वातावरणको हिसावले फुल खेतीका लागि उपयुक्त रहेको उनको भनाइ रहेको छ । जिल्लामा व्यवसायिक रुपमा फुल खेत अगाडि वढाउन आवस्यक रहेको छ । ‘चाडपर्व लक्षित गरी मात्र नभइ व्यवसायिक रुपमा अगाडि वढाउन आवस्यक रहेको छ’ कृषि विज्ञ वस्नेतले भने ।
धार्मिक तथा शोभाका हिसावले फुलको प्रयोग हुने गरेको उनको भनाइ रहेको छ । चार्ड पर्वको समयमा वाहेक जिल्लामा रहेका धार्मिक तथा घर सजावटका लागि समेत फुल प्रयोग गर्ने गरीएको छ । जिल्लामा हजारी फुल मात्र नभइ सवै फुल व्यवसायिक रुपमा अगाडि वढाउन सकिने वस्नेतको भनाइ छ ।