आधुनिक बसपार्कको काम शुस्त

यमकला भुसाल

तुलसीपुर, कात्तिक । १५ महिनामा निर्माण भैसक्नु पर्ने तुलसीपुर बसपार्क अहिले सम्म पुरा भएको छैन । २०७४ बैशाखमा काम शुरु भएको हो । यस बर्षको भदौमा काम सम्पन्न गर्ने सहमती भएको थियो ।

तर निर्धारित समयमा काम पुरा हुन नसक्दा दोस्रो पटक समय थपिएको छ । अबको १५ दिनमा दोस्रो पटकका लागी थप गरिएको समय सीमा पनि सकिदैछ । भदौमा समय सीमा सकिएपछि मंसीर दोस्रो साता काम पूरा गर्ने सहमती भएको हो । तुलसीपुर उपमहानगरपालिका र ठेकेदार कम्पनी शिव शक्ति निर्माण सेवा बीच यस्तो सहमती भएको हो ।

त्यो समय सकिन अब करिब १५ दिन मात्रै बाँकी छ । तर गर्नुपर्ने काम धेरै छ । त्यसले गर्दा पनि समयमै काम पूरा हुनेमा शंका ब्यक्त गर्न थालिएको छ । अहिले सम्म निर्माणको काम ७० प्रतिसत मात्रै पूरा भएको तुलसीपुर उपमहानगरपालिकाका ईञ्जिनियर पवनकुमार योगीले बताए । उनका अनुसार मात्र टर्मिनल भवन तथा झ्याल, ढोकामा रङरोगगन गर्ने काम मात्रै बाँकी छ । त्यस्तै सपिङ्स्टलको रङ, रोगन बाकीँ छ भने सार्वजनिक शौचालयको टायल, रङ, रोगन गर्न बाँकी छ । सडकमा नाला र ग्राबेलको काम बाँकी छ ।

अटोभिलेज र बसपार्कको ग्यारेज सार्ने काम ढिला हुँदा निर्माणमा पनि ढिलाई भएको योगीले बताए । बसपार्क निमार्णका लागी छुट्याइएको साढे १० करोड रुपैया मध्ये अहिलेसम्म करिब ५ करोड खर्च भइसकेको छ । करिब ३४ करोड रुपैयाको लागतमा निमार्ण हुने बसपार्कको पहिलो चरणको कामका लागी साढे १० लाख रुपैया बिनियोजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *