फेसन डिजाइनमै भविष्य देख्नु भएकी दाङकी फेसन डिजाइनर पुरी

चन्द्रप्रकाश नेपाली

दाङ, ११ पुस मानव जीवनको सुरवातको सँगसँगै फेसनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको देखिन्छ । त्यसै कारणले फेसनलाई मानव जीवनको एउटा अभिन्न भाग मान्न सकिन्छ । समय र परिस्थिति अनुरुप मानिसको चाहना अनुसार पहिरनहरुको डिजाइनको प्रतिपादन गर्नु नै फेसन डिजाइन हो ।

घोराही १५ की फेसन डिजाईनर गीताञ्जली पुरीले यहि फेसनमै भविष्य भेट्नुभएको छ । पश्चिम नेपालमा नौलो मानिएको फेसन डिजाईनिङप्रतिको आक्रषण विस्तारै दाङमा बढ्दै गएको डिजाईनर गीताञ्जली पुरीले बताउनु भयो । फेशन डिजाईनिङमा ब्याचलर गरिसक्नु भएकी पुरीले अहिले मास्टर्सको लागी तयारी गर्दै हुनुहुन्छ । ब्याचलरपछिको खालीसमयमा अहिले उहाँले दाङमा फेसनप्रति रुचि राख्ने महिलाहरुलाई फेसन डिजाईन सम्बन्धि बेसिक कुराहरु सिकाई रहनु भएको छ ।

Blog Post Ad

उहाँले कुनै ईनिष्टिच्युट वा संस्थामार्फत् नभई आफ्नै घरमा चार वटा सिलाई मेसिन र पेन्टिङका लागी कलरहरु साथै आवश्यक पर्ने अन्य सामाग्रीहरु राखेर फेसन डिजाईनका बेसिक कुराहरु सिकाई रहनु भएको छ । कोरोना महामारी विस्तारै सामान्य बन्दै जादा र लकडाउन पछिको समयमा उहाँले अहिले सम्म १५ जना महिलालाई प्रशिक्षण दिई सक्नु भएको छ । धेरैले छोरी मान्छे विग्रीन्छन्, यस्तो विषय पढ्नु हुदैन् भन्ने छ तर मैले के भन्छु भने यो राम्रो र क्रेटिभ हुने क्षेत्र हो । यो आत्मनिर्भर बनाउने विषय हो ।

यो क्षेत्रमा धेरै कुराहरु सिक्न पाईन्छ । फेशन डिजाईन कटाई सिलाई अनिवार्य मानिन्छ । मैले अहिले कटाई सिलाईसँगै हान्ड पेन्टिङ लगाएतका बेसिक कुराहरु सिकाई रहेको छु । फेशन डिजाईनर पुरीले भन्नु भयो,–‘मैले अहिले सम्म सिकाएका १५ जना सबै शुखी हुनुहुन्छ । अहिले बजारमा हान्ड पेन्टिङ गरेको मास्क निकै चलेको छ । हान्ड पेन्टिङ गरेको मास्क बेचेर मात्रै पनि अहिले मसँग सिक्नु भएकी एक जनाले राम्रो आम्दानी गर्दै हुनुहुुन्छ ।

अहिले सीमित सिटमा ईनिष्टिच्युट केही नगरेर सानो अहिले सानो स्केलमा घरमै गरिरहेको छु । तत्काल ठुलो स्केलमा सञ्चालन गर्ने पनि सोचेको छैन् । तर पनि मैले मास्टर्स सके भने यसैमा भविष्य भने भेटेको छु । यसलाई ठुलो स्केलमा गर्न पाए झनै राम्रो हुन्छ । मैले भर्खरै ब्याचलर सके मास्टर्स सकियो भने केहि गर्ने सोचमा छु, उहाँले भन्नु भयो ।

उहाँ भन्नु हुन्छ,–‘फेसन डिजाइन भन्ने बित्तिकै आम जनमानसमा नकारात्कम हो भन्ने खालको धारणा छ । तर त्यस्तो होईन । मलाई पनि सुरुमा घरबाट यो विषय नपढ भन्नु भएको थियो । मैले नाई मैले यहि विषय नै पढ्ने भनिसके पछि घरबाट पनि सबै कुरा मिलाई दिनु भयो मलाई राम्रो खालको साथ मिल्यो । पढ्न विदेश जानुपर्छ भन्ने लगेको थियो बुुझ्दै जादा नेपालमै कलेज रैछ ।

अनि मैले पढ्न थाले उहाँले भन्नु भयो । फेशन डिजाईनर गीताञ्जली पुरी भन्नु हुन्छ,–‘ मेरो सम्पुर्ण अभिभावकहरुलाई के अनुुरोध छ भने तपाईका छोरा, छोरी यो विषय पढ्न चहान्छन् भने पढ्न दिनुहोस् । किनकी यो विषय मानिसलाई विग्राने नभाई यसले मानिसलाई सकारात्मक संस्कार सिकाउछ भन्ने बुभ्न जरुरी छ ।

यसले कसरी खाने, कसरी डिड्ने जस्ता सामान्य कुराहरु पनि सिकाउछ । तर सबैमा यो विषय पढ्यो भने मोर्डिङ नै गर्छ भन्ने सोच्छन् तर त्यस्तो होईन् । यसमा मोर्डलिङ पनि एउटा विषय हो तर आफुले के गर्ने भन्ने चाही आफुमा भर पर्छ । फेशन डिजाईन अन्तरगत सबै व्यवहारिक कुराहरु पर्छ । कपासदेखी कपडा बन्दा सम्मको प्रक्रियाहरु हामीले पढ्नु पर्ने हुन्छ ।

सैधान्तिकदेखी प्रयोगात्मक सबै हुन्छ, उहाँले भन्नु भयो । अर्कोकुरा यो विषय पढ्ला लाग्ने खर्च भने निकै महंगो हुन्छ । फेशन डिजाईनर पुरीले ब्याचलरको ४ वर्षे कोर्षको ट्युशन फि मात्रै ७ लाख रुपैया तिर्नु भएको हो । एउटा कलर बक्सलाई मात्र २५ सय देखी ३ हजार सम्म पर्छ । लगनशिल र मेहनतका साथ पढ्यो भने खर्च अनुसारको मुनाफा पनि प्राप्त गर्न सकिने पुरी बताउनुु हुन्छ ।

फेसनको बेसिक निडमा कपडा पर्छ भने मान्छेले अझ विशेष केटिहरुले एकचोटी लगाएको कपाडा अर्काे चोटि लगाउन मन नगर्ने समय आईसक्यो । त्यो हाम्रो आम्दानीको एउटा अवसर भएको उहाँ बताउनु हुन्छ । हामीहरुले उनिहरुले भने अनुसारका कपडाहरु डिजाइन गरेर मात्रै पनि मनग्य आम्दानी गर्न सक्छौ ।

अहिले सानो स्केलमा कक्षा सञ्चालन गर्दा त आफुले पकेट मनी सजिलै उठाउन सफल भएकाले ठुलो स्केलमा गर्दा आफुले अवश्य पनि राम्रो कमाउने आफु ढुक्क भएको उहाँले बताउनु भयो । अवसर र आम्दानी हामी आफैले क्रेट गर्ने हो । अनि अर्काे कुरा यो विषयमा व्याचलर गरे पछि ईन्डष्ट्रिज खोल्न पनि मिल्छ ।

ईन्डष्ट्रिजमा लगानी गर्न सक्यो भने पनि राम्रो आम्दानी गर्न सकिने पुरी बताउनु हुन्छ । फेशन विषयमा धेरैको चासो र रुचि भए पनि यसको पढाईलाई व्यवस्थित बनाउनको लागी सरकारले चासो नदिनु दुखद विषय भएको उहाँको भनाई छ । अहिले नेपालमा एउटा कलेजमात्रै सरकारको तर्फबाट सञ्चालनमा रहेको छ ।

सरकारले पनि यस क्षेत्रको विकासको लागी विशेष ध्यान दिन जरुरी छ । सरकारसँगै आम अभिभावकले पनि फेसन विषयलाई हेर्ने दुष्टिकोण सकारात्मक बनाउन आवश्यक रहेको पुरी बताउनु हुन्छ ।

मेरो रुचिलाई बुझेर मलाई मेरो घरपरिवारले यो विषय पढ्न दिएकै कारण आज आफू सफल भएको उहाँ बताउनु हुन्छ । त्यसैले फेशन विषयलाई हेर्न नकारात्मक दुष्टकोण हटाउदै छोराछोरीले यो विषय पढ्ने रुची राख्छन् भने पढ्न दिनुपर्छ भन्ने विचार छ ।