धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक


रीता लामा
घोराही, २१ वैशाख । लमही नगरपालिका वडा नम्वर ५का ७४ बर्षिया लक्ष्मीनारायण खनाल लामो समय पछि पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आउने मौका पाए । आफु जत्तिकै उमेर पुगेकी पत्नी दुर्गादेविलाई पनि साथमा लिएर आएका खनालले वडा भरीकै जेष्ठ नागरिकसँग घुम्न पाउँदा औधी खुसि लागेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


‘धेरै बर्ष पहिले आएको थिए, म आउदाँ यहाँ यस्तो थिएन, जंगल धेरै थियो ।’ उनले भने ‘अहिले त धेरै परिवर्तन भैसके छ, रमाइलो र हेर्न लाएक बनाएका रैछन ।’ लमही नगरपालिका वडा नम्वर ५ले शनिवार वडा भरीका जेष्ठ नागरिकलाई धार्मिक भ्रमण गराएको छ । त्यो भ्रमणमा आएका ६० बर्ष माथिका करिव ७८ जेष्ठ नागरिकले घोराही उपमहानगरपालिका वडा नम्वर ५मा रहेको पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा धार्मिक भ्रमण गरेका छन् ।


उमेरले नेटो काटिसकेको समयमा सरकारको तर्फबाट आफुहरुलाई धार्मिक आस्थाको केन्द्रमा आउने मौका दिएको भन्दै जेष्ठ नागरिकहरु हर्सित भएका थिए । भ्रमणले विशेष गरि बृद्धबृद्धाहरु एक आपसमा परिचय, भेटघाट र घुमफिरको मौका पाएको भन्दै रमाएका थिए । धार्मिक र पर्यटकिय रुपमा महत्व बोकको पाण्डवेश्वर धामलाई नजिकबाट हेर्न पाउदा उनीहरु खुसि भएको प्रष्ट देख्न सकिन्थ्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


वडा भरीका जेष्ठ नागरिकलाई धार्मिक क्षेत्रको अवलोकनको लागि ल्याएका वडा अध्यक्ष बीमबहादुर केसीले जेष्ठ नागरिकको चाहाना अनुसार नै आफुले उनीहरुलाई धार्मिक भ्रमणमा ल्याएको बताए ।


वडाले गत बर्ष जेष्ठ नागरिकहरुको लागि १ लाख २५ रुपैँया छुट्याएको र सोही बजेटलाई जेष्ठ नागरिकले धार्मिक क्षेत्रको अवलोकन गर्न जाने प्रस्ताव राखे पछि आफुले पाण्डवेश्वर महादेव मन्दिरको अवलोकन गराउन ल्याएको बताए । उनले आगामी नीति तथा कार्यक्रममा पनि जेष्ठ नागरिहरुको लागि छुट्टै बजेट विनियोजन गरिने र उक्त बजेटलाई जेष्ठ नागरिकको चाहाना अनुरुप खर्च गरिने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


साथै उनले अव आफुले वडा नम्वर ५मा जेष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्र स्थापनाको प्रयास थालेको बताए । जेष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्रको लागि जग्गाको खोजि गरिरहेको र विशेष गरि वडाको बीच भाग मै पर्ने गरि सेवा केन्द्र बनाउने सोचमा आफु रहेको उनले बताए ।


लमही नगरपालिकाबाट घोराहीसम्म धार्मिक यात्रामा आएका जेष्ठ नागरिकहरुलाई पाण्डवेश्वर महादेव मन्दिरका व्यवस्थापन समितीका अध्यक्ष गणेश अधिकारीले मन्दिरको ऐतिहासिक र धार्मिक महत्वको बारेमा जानकारी गराएका थिए । उनले हाल मन्दिरमा भएका भौतिक संरचनाहरु, के कसरी निर्माणसम्पन्न भयो भन्ने बारेमा पनि बताएका थिए । भने वडा कार्यालयले जेष्ठ नागरिकलाई दोसल्ला र नगद सहित सम्मान गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *