तार छ, विद्युत छैन, घोराहीका अधिकान्श वडाहरु विद्युतदेखी बन्चित


रीता लामा
घोराही, २१ वैशाख । वंगलाचुली गाउँपालिका वडा नम्वर ६ रिभानमा विद्युतको पोल गाडेको दुई बर्ष भयो । वडा अध्यक्ष, गाउँपालिकाको पहलमा पोलमा तार समेत जडान भैसकेकको छ । तर विद्युत पुगेको छैन । गाउँका वासिन्दाहरु कहिले पोलमा विद्युत आउला र घरमा जडान गरौला अनि झिलिमिली बनाउलाँ भन्ने आँसमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


स्थानिय खगुराज डाँगी विद्युतले लामो समयसम्म विद्युत वितरण रोकेर आफुहरु माथि अन्याय गरेको गुनासो गर्नुहुन्छ । पटक पटक माग गर्दा, डेलिगेशन जादाँ, भनसुन गर्दा पनि तारमा विद्युत नदिएको उहाँको भनाई छ ।  ‘हामीलाई विद्युत चाहिएको छ । हाम्रो घर बर्षौ देखि अध्यारो छ ।’ उहाँले भन्नुभयो ‘सबैसँग हार गुहार गर्दा समेत हामीले वत्ती बाल्न पाएका छैनौ ।’ धेरै प्रयास गर्दा पनि आफुहरुको विजुली बाल्ने सपना पुरा हुन नसकेको उहाँले दुखेसो पोख्नुभयो ।


वंगलाचुलि वडा नम्वर ६का वडा अध्यक्ष वेदप्रकास जिसी पनि आफुहरुले पटक पटक भन्दा पनि विद्युत कार्यालयले लाइन जडानको लागि वेवास्ता गरेको बताउनुहुन्छ । ‘हामीले गाउँमा विजुली बाल्नको लागि धेरै प्रयास गरिरहेका छौ । सबै निकायलाई भनिरहेका छौ तर कसैले हाम्रो कुरा सुनेको छैन ।’ सबै ठाउँ तिर भन्दा भन्दै आफुहरु थाकिसकेको उहाँले बबताउनुभयो । साथै विकट क्षेत्र भएको कारण आफुहरु उपेक्षामा परेको गुनासो समेत गर्नुभयो । वडा नम्वर ६को रिभानमा अहिले १७५ घरधुरी विद्युतको आसमा बसेको उहाँले बताउनुभयो । त्यहाँ रहेको अधिकांस घर धुरीले मिटर जडानको लागि विद्युत कार्यालयमा निवेदन समेत दिइसकेको उहाँको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तर विद्युत प्रसारण केन्द्र घोराहीले भने अहिले विद्युत वितरणको क्रमागत योजना अन्र्तगत बंगलाचुलिको विभिन्न गाउँमा विद्युत वितरणको काम भैरहको र रिभानमा पनि अव छिट्टै संचालन हुने जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्युत कार्यालय दाङका सुचना अधिकृत वेदबहादुर बुढाथोकीले त्यहाँ मात्रै नभएर जिल्लाका विकट क्षेत्रमा अझै धेरै ठाउँमा विजुली पुरयाउन नसकेको बताउनुभयो । उहाँले क्रमागत योजना अन्र्तगत जिल्लाका सबै क्षेत्रमा विद्युत पुराउने लक्ष्य अनुरुप काम भैरहेको बताउनुभयो । वंगलाचुलिको वडा नम्वर ५, ६, ७, र ८मा अझै विद्युतिकरण हुन बाँकी रहेको सुचना अधिकृत बुढाथोकीको भनाई छ ।
‘निश्चित बजेट हुन्छ, कहिले कता कहिले कता लगाउदा सबै ठाउँमा पुग्दैन अनि गुनासो आउँछ ।’ उहाँले भन्नुभयो ‘तार र पोल तयार पारेको ठाउँमा हामीले यसै बर्र्ष देखि विद्युतीकरण गर्ने सोच बनाएका छौँ ।’

उहाँले अव जिल्लाका धेरै ठाउँमा विद्युत पुग्न थालिसकेको हुदाँ विस्तारै सबै ठाउँमा विद्युत लैजाने आफुहरुको योजना रहेको बताउनुभयो ।
यस्तै विद्युत प्राधिकरण घोराही केन्द्रका इन्जिनियर महादेव रावतले दाङको वंगलाचुलिका सबै ठाउँमा विद्युततिकरण गर्न मात्रै करिव ३८ करोड रुपैँया लागत लाग्ने अनुमान आफुले गरेको बताउनुभयो । विद्युतिकरणको लागि केन्द्रमा त्यती धेरै बजेट नआउने र आए पनि सबै ठाउँमा विद्युत विस्तारको लागि पाँच बर्ष लाग्ने बताउनुभयो । वंगलाचुलिकको लागि मात्रै पनि पाइटल र मेघा प्रोजेक्ट आए पनि छिट्टै सबै ठाउँमा विद्युत पुग्न अझै समय लाग्ने उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै घोराहीको पनि वडा नम्वर १, २, ३, ४, ५, १२, १३ र १८, १९का केही ठाउँमा विद्युत पुग्न नसकेको घोराही केन्द्रले जनाएको छ । र ती स्थानमा चाँडै विद्युततिकरण गरिने बताइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *