थारुहरुको होली अर्थात ढुह्रेरी

दिप्तीशिखा चौधरी

Blog Post Ad

थारु समुदायको पर्व मध्य होली अर्थात ढुह्रेरी पर्व एक महत्वपूर्ण चाड हो । फागुन महिनाको शुल्कपक्षको पूर्णिमालाई डङ्गौरा थारुहरुले ढुह्रेरी भन्ने चाडको रुपमा मनाउने गर्दछन् । यसलाई ढुह्रेरी अर्थात होली अर्थात फागु पूर्णिमा पनि भन्ने गरिन्छ ।

Blog Post Ad


यस दिन थारु गरढु¥याहरु मटावाँको घरमा बिहानै जम्मा हुन्छन् । मटाँवाकी श्रीमतीले तोरीको तेल, चामलको पिठो, कह्राई दिन्छिन् । गरडु¥याहरु छायाँदार ठाउँमा जान्छन् । चामलको पिठोको ‘झभ्रmा नामक रोटी पकाउँछन् । यो पर्वमा एक प्रकारको रोटी मात्र पकाउने गरेको थारु अगुवाहरुको भनाई छ ।

जव साँझ पर्छ गरढु¥याहरु र केटाहरु सिमलको सानो बोट काटेर ल्याउँछन् । सिमलको बोट काट्नु भन्दा पहिले ‘सेम्रक ढ्वाटा फुल गैरे.. फुल गैरे, उप्पर लागल टेम्हरी, टेम्हरी’ जस्ता वाक्यांस भट्याउँछन्, मादल बजाँउछन्, घण्टा बजाउँछन् र सिमलको बोटलाई भुइँमा खस्न नदिएर समाईन्छ । त्यसलाई गाउँ देखि अलि टाढा एक ठाउँमा गाडिन्छ । त्यसमाथि खर ओढाईन्छ । गन्यारी नामक काठमा त्यसको हाँगाले प्वाल पारी घर्षण क्रियाद्धारा आगो बालिन्छ । त्यही आगोबाट सिमलको बोटमा आगो लगाईन्छ । यो क्रियालाई थारु जातीको परम्परामा “चिर डुङ्ना ” भनिन्छ

दंगीशरण गाउँपालिका वडा नम्वर ३ का गुरुवा सिताराम चौधरीका अनुसार यही बलेको चिरमा लस्करै रोटी चढाईन्छ । त्यस पछि गरढु¥याहरुले आफनो घर—घरबाट गुईठा(गोवरबाट बनाइएको दाउरा) ल्याएर यही आगोमा पोल्छन् र यहीँ गुईठा सबैले आ —आफ्नो घर घरमा लगी आगो बालेर आजको खाना पकाउँने गर्दछन् ।


‘आजको दिन(फागु पुर्णीमा) यस बाहेक अर्को विधिबाट आगो बालेर खाना पकाउँन नपाइने मान्यता रहि आएको छ ।’ भन्नुहुन्छ सोहि गाउँकी गृहणी मिनोदवी थारु । यो आगो बर्ष दिनभरी निभ्न नदिने चलन रहेको उहाँ बताउनुहुन्छ ।

चिरदाह गरिसकेपछि सबै गरढु¥याहरु ग्रामीण देवस्थल “भुँईयार” मा भेला हुन्छन् । गुरुवाले सबै देवीदेवताहरुलाई रोटी चढाउँछन् । एक टपरी खाना चढाउँछन् । जसलाई थारुहरुले “पिट्रौन्हक भाट” भन्दछन् । त्यसपश्चात स —साना केटाहरु टपरीको खाना लिएर जलाशय, खोला वा कुवाँमा जान्छन् र त्यही खाना उक्त ठाउँमा बसेर खान्छन् । त्यसपश्चात घण्ट बजाउँदै अश्लिल शब्द भट्याउँदै गल्लीमा ओहोर दोहोर गर्दछन् । “सेम्रक ढ्वाटा फुल गैरे फुल गैरे, उप्पर लाग टेम्हरी, टेम्हरी” यस्तो प्रकारको अश्लिल वाक्यांश भट्याउने कार्य गर्दछन ।


थारु जातिले पर्वको नाममा गर्ने यस्तो अश्लिल शब्दहरु फ्रायडवादको सम्झना भनौँ या थारु जातीमा यौन स्वतन्त्रताको दिवस जसरी लिएको होकी भन्ने आयस आफुले बुझेको थारु सस्ंकृवीद अशोक थारुको भनाई छ । हाम्रो अवचेतन मनभित्र शुषुप्त अवस्थामा रहने यौन सम्बन्धि भावनालाई अभिव्यक्त गर्ने एउटा सिमा बाध्नुपर्ने भएकोले यस पर्वलाई आधार बनाएको कुरा चाखलाग्दो र अनुसन्धान योग्य छ भन्ने उहाँको तर्क छ ।


यसरी अश्लिल प्रकारको शब्द भट्याउँदै गल्लीगल्लीमा दौडिरहेका हुन्छन् स—साना केटाहरु । त्यसपछि बाँसको पिचकारी बनाएर रङ्ग छ्याप्छन् । अचेल भने आधुनिक यूगसंगै प्लाष्टिकको पिचकारीबाट होली खेल्ने गरेको देख्न सकिन्छ । बाँसको पिचकारीबाट होली खेल्ने चलन लोप भईसकेको छ । आफनो पालामा बाँसको पिचकारी बनाउँन भ्याई नभ्याई हुन्थ्यौँ भन्छन् यहाँका पुराना थारु अगुवाहरु । एक प्रकारको रमाईलो सगैँ आपसी सम्बन्ध कायम गर्नका लागि यो पर्वलाई थारुहरु लिने गर्दछन् । एक दिनको मात्र पर्व हुनाले ढुह्रेरी पर्वलाई रौनक र सहिष्णुताको रुपमा लिने गर्दछन् थारुहरु ।

sikhadeepti@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *