सिमेन्ट उद्योगले मन्दिर बनाउँदै

शरद रेग्मी

Blog Post Ad

दाङ, चैत ६ । दाङको दुधरासमा रहेको सोनापुर सिमेन्टले बिश्वनाथ धाम मन्दिर निर्माण गर्न लागेको छ । सिमेन्टले स्थानीय जनताको माग अनुसार धार्मिक क्षेत्रको बिकासका लागि मन्दिर सहित सामुदायिक भवन र जेष्ठ नागरिकहरुका लागि विश्राम कक्षको समेत निर्माणको गर्न लागेको निर्माण समितिका अध्यक्ष बामदेब रेग्मीले जानकारी दिनुभयो ।

Blog Post Ad

‘सोनापुर र स्थानीयको जनश्रमदानबाट बृहत् योजना अगाडि सारेका छौँ, सुबिधायुक्त सामुदायिक भवनमा जेष्ठ नागरिकको सम्मानका लागि पत्रपत्रिका र पौराणिक किताबहरुको समेत ब्यबस्था गर्ने छौँ’ अध्यक्ष रेग्मीले भन्नुभयो । रेग्मीका अनुसार हालसम्म करिब ४० लाख बराबरको स्थानीयहरुको जनश्रमदानबाट मन्दिर निर्माण र माटो फिलिङको काम भैरहेको छ ।

गुरु योजना अनुरुप २०७६ सालको अन्तिम सम्पन्न गर्न करिव दुई करोड रकम आबश्यक पर्नेछ । दुधरास बजारदेखि दक्षिणतर्फ बिश्व नाथधाम टोलमा निर्माण हुन लागेको बिश्वनाथ धाम मन्दिरको काम अन्तिम चरणमा पुगेको छ, भने अन्य भवनहरु निर्माण हुनेक्रममा रहेका छन् ।

यता मन्दिर निर्माणका लागि खटिएका सोनापुरका भारतीय कामदारलाई एक समुहले कुटपिट गरि घाइते बनाएको भन्दै बुधबार बसेको बैठकले खेद प्रकट गरेको छ । बैठकले सामाजिक काममा खटिएका मजदुरलाई कुटपिट गर्नु घृणित र अमानवीय कार्य भएको भन्दै दुख ब्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *