टीकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई २० वर्ष कैद

जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशमलाल चौधरीलाई मुख्य दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनाएको छ । अदालतले बुधबार चौधरीसहित ११ जनालाई २० वर्ष कैद सजाएको फैसला गरेको हो ।यस्तै लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको छ। ३ जनाले भनेसफाइ पाएका छन्।दुवै पक्षबाट ६ दिनसम्म उक्त मुद्दामा चलेको बहस मंगलबार सकिएपछि आज फैसला भएको हो।

Blog Post Ad

Blog Post Ad

कैलालीबाट प्रतिनिधिसभामा निर्वाचित चौधरी पुर्पक्षका लागि यसअघि नै कारागार गएका थिए। उनले डिल्लीबजार कारागारबाट सिंहदरबार गएर गत पुसमा सा‌ंसदको शपथ लिएका थिए।

एक बालकसहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद चौधरीलाई पुर्पक्षका लागि कारागार राखिएको थियो।घटनामा मुख्य योजनाकार भएको आरोप लागेका चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए .

Leave a Reply

Your email address will not be published. Required fields are marked *