जनएकता सहकारीको वार्षिकोत्सवमा सरसफाई


घोराही फागुन २२ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ स्थित जन एकता वचत तथा ऋण सहकारी संस्था लिले आफ्नो आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको अबसरमा सरसफाई कार्य गरेको छ । जन एकताले घोराही १४ स्थित नेपाली सेनाको रहेको चोकबाट घोराही १३ मा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल बाह्रकुनेसम्मको सडक सरफाई गरेको छ । संस्थाका पदाधिकारी, अतिथि, सदस्य एवं सर्वसाधारणहरुले सडक सरसफाई गरेका थिए ।


संस्थाका अध्यक्ष रेगबहादुर खत्रीको अध्यक्षत्तामा सम्पन्न सरसफाई कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहागरपालिकाका सरसफाई संयोजक एवं वडा नम्वर १४ का अध्यक्ष शक्तिराम डाँगी, विशिष्ठ अतिथि वडा नम्वर १३ का अध्यक्ष रवीलाल घर्तीमगर, सदस्य केशव गिरीलगायतले सडक सरसफाई गर्नुका साथै संस्थाले गरेको नमूना कार्यको प्रशंशा गर्नु भएको थियो ।

Blog Post Ad

Blog Post Ad

कार्यक्रमको सहजीकरण सचिव प्रमोद बुढाले गर्नुभएको थियो । सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको अबसरमा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्ने भएको छ । हाल जन एकता सहकारीले दैनिक वचत सँगै सेवाग्राहीहरुका लागि रेमिट्यान्स सेवा, पेन्सन वचत योजना, बालबचत योजना, फिक्स डिपोजिट योजनालगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

संस्थामा विभिन्न क्षेत्रमा दखल राखेका व्यक्तिहरुको लगानी रहेकाले दिनप्रतिदिन उक्त सहकारीले सर्वसाधारणहरुको मन जिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *