दाङमा सरकारी मोटरसाईकलले अटोलाई ठक्कर दिँदा ३ जना घाईते

Blog Post Ad Blog Post Ad Blog Post Ad

टेकबहादुर पुन

दाङ, ११ साउन । दाङमा मोटरसाईकलले अटो रिक्सालाई पछाडी बाट ठक्कर दिँदा ३ जना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ निम्बुखुटीमा पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट रहेको रा १ ब २५८ नम्बरको मोटरसाईकलले रोडक्रस गरेर सोही दिशातर्फ फर्किदै गरेको भे १ ह २६९५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ३ जना घाईते भएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मोटरसाईकलमा सवार दार्मा गाउँपालिका वडा नम्बर ५ सल्यानका ३० बर्षिय हेमन्त चन्द, सोही ठाउँ निवासी २० बर्षिय सरिता चन्द र लमही ८ निम्बुखुटी निवासी अटो चालक ३४ बर्षिय छुकाम चौधरी घाईते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । मोटरसाईकल चालक चन्दको छातीमा चोट लागेको छ भने सवार सरिताको खुट्टामा चोट लागेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अटो चालक भने सामान्य रहेको अस्पतालले जनाएको छ । घाईते तिनै जनाको लमही अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना आइतबार दिउँसो १ बजेतिर भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *