आरडिटी पोजेटिभ देखिएका वृद्धको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

कोरोना भाइरसको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक वृद्धको मृत्यु भएको छ ।

आर्दशनगर घर भएका ६५ वर्षिय वृद्धमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राति भर्ना गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पहिलेदेखि मुटु रोगको बिरामी रहेका र श्वासप्रश्वासमा समस्या देखिएका उनको गण्डक अस्पतालमा राति नै मृत्य भएको अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।

पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने डा. सिंहले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *