नेपालमा थप १३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,६१३

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार १ सय २८ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ४५ जना संक्रमितको मृत्यु भएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *