दाङमा जीपले ठक्कर दिँदा एक जनाको मृत्‍यु

दाङ, ११ साउन । दाङको राप्ती गाउँपालिका-८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन बालबालिकासहित ४ जना घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिजो बेलुकी बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका पिपरीकै ४८ वर्षका राजकुमार चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन बालबालिकासहित एक युवतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ । जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *