दाङमा खुकुरी प्रहारबाट डाँगीको मृत्यु

यमकला भुसाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, चैत ३ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट गम्भिर घाईते भएका डाँगीकोे मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ अस्पताल रोड निवासी २३ बर्षीय हिरा डाँगीको उपचारका लागि नेपालगञ्ज देखि हेलिकप्टरबाट काठमाडौँ लैजादै गर्दा मंगलवार दिउँसो ३ बजेतिर बाटोमै मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भीक उपचार पछि राति नै थप उपचारको लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रेफर गरिएको थियो । डाँगीलाई त्यहाँ पनि उपचार संभव नभएपछि हेलिकोप्टर मार्फत बाँकेवाट काठमान्डौं लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । मृतक डाँगीको काठमाडौँमै अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्रडम्मर पालका अनुसार तुलसीपुर ६ गौलौरा निवासी अनुप बस्नेत लगाएका ४÷५ जना युवाहरुको समुहले डाँगी माथि सामान्ने विवादमा खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थियो । मृतक डाँगी फूटवल खेलाडी तथा नेविसंघका नेता समेत रहेका थिए । उनी सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हुन । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *