दाङमा २९ स्वास्थ्य संस्था भाडाको भवनमा

दाङ, ३ चैत्र | दाङका २९ वटा स्वास्थ्य संस्था भाडाको भवनबाट सञ्चालनमा रहेका छन् । तुलसीपुरमा ७, शान्तिनगरमा ३, राजपुरमा ५, दंगीशरणमा ४, बगलाचुलीमा २, घोराहीमा २, लमहीमा २ वटा स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालनमा रहेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै राप्तीमा ३ वटा र बबईमा एउटा स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालनमा रहेका छन् । दाङको गढवा गाउँपालिकामा भने सबै स्वास्थ्य संस्थाले आफ्नै भबनबाट सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भाडामा रहेका स्वास्थ्य संस्थाकोलागि भवन निर्माणको प्रक्रिया अघि बढिरहेको सम्बन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले जानकारी दिएका छन् । कुनै स्वास्थ्य संस्थाको भवन निर्माणको काम सुरु भएको छ, भने केहीको अन्तिम चरणमा पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *