चाउमिनबाटै लालबहादुर र चित्रबहादुरको जिवन फेरियो

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता
सिसहनियाँ ३ चैत्र । भनिन्छ गरे के हुँदैन, त्यही उखान सँग मेल खाएको छ लालबहादुर र चित्रबहादुरको मेहनत । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ प्रगतीनगर सिसहनियाँ निवासी ४४ वर्षिय लालबहादुर खत्री र ३७ वर्षिय चित्रहादुर खत्रीको जिवन चाउमिनबाटै फेरिएको छ । २०६६ सालमा माण्डवी रेष्टुरेन्ट खोलेर सुरु गरेका २ दाजुभाईको रेष्टुरेन्ट अहिले पनि सिसहनियाँमा परिचित छ । २ दाजुभाई विहानै ६ बजे उठ्छन् अनि दिनभरी रेष्टुरेन्टमै व्यस्त हुन्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरुको दैनिकीनै यसरीनै बितिरहेको छ । चाउमिन सँगै मासुका विभिन्न परिकार बिक्री गरेर उनीहरुले मासिक ५० देखि ६० हजार रुपैयाँ सम्म आम्दानी लिइरहेका छन् । यहि पेशाबाट उनीहरुले एउटा बिल्डिङनै खडा गरि लज सहितको रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याइसकेका छन् । ४ वटा कोठा मध्ये ३ वटा कोठा अटुज बाथरुम एसी सहित रहेका छन् । लालबहादुर ३ वर्ष मलेसियामा र चित्रबहादुर २ वर्ष अफ्रिकामा बसेर काम गरेपनि केहि प्रगति नभएपछि २ दाजुभाईले सल्लाह गरी रेष्टुरेन्ट खोलेको भाई चित्रबहादुरले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले पनि हामी जस्ता थुप्रै युवाहरु विदेश जाने क्रम जारी छ नेपालमा गरेर केहि हुँदैन भन्ने पनि हाम्रा समाजमा धेरै छन् तर मलाई त्यस्तो लाग्दैन विदेशमा जतिको दुख गरिन्छ त्यतीकै दुख आफनै माटोमा गरे सुन फलाउन सकिन्छ चित्रबहादुरले भने । त्यस्तै सोचाई दाई लालबहादुरको पनि छ । उनी भन्छन् आर्काको देशमा पसिना बगाउनु भन्दा स्वदेशमा केहि व्यवसाय गरे त्यहीमा नै प्रगती छ । आर्काको नोकर बन्नु भन्दा आफनै व्यवसायको मालिक बन्नु नै राम्रो हुने उनी बताउछन् ।

अहिले उनीहरुले १ जना युवालाई रोजगारी समेत दिएका छन् । उनीहरुको ८ जनाको परिवार यहि पेशाबाट चलिरहेको छ । अहिले सञ्चालनमा आएको लजमा नेपाली,इन्डियन र चाइनिज खाना सँगै नास्ता समेत बिक्री भइरहेको र बस्नको लागि समेत राम्रो व्यस्था रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *