लमही-कोइलाबास सडक २६ किलोमिटर कालोपत्रे

लमही, ३ चैत्र | लमही कोइलाबास सडक खण्डको २६ किलोमिटर सडक कालोपत्रे भएको छ । सडक खण्डको करिब ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडक कालोपत्रे भएको निर्माण कम्पनी कालीका कुमार जेभीका प्रमुख प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडक खण्डको ७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । कालोपत्रे हुन बाँकी रहेको सडक क्षेत्रमा पनि काम तीब्र रुपमा भइरहेको छ । त्यसका लागि निर्माण कम्पनीले चार महिनाको समय प्राप्त गरेको छ ।

सन २०१७ जुन ११ बाट लमही कोइलाबास सडक निर्माणको काम थालिएको हो । गत २०१९ डिसेम्बर १० मा म्याद सकिएको थियो । चार महिना म्याद थपिएको छ । भारत सरकारको सहयोगमा हुलक सडक निर्माण भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

६९ करोडको लगानीमा सडक निर्माण हुन लागेको हो । कम्पनीले कोइलाबास बजार क्षेत्र, गढवा बजार क्षेत्र र जंगलका केही स्थान मात्रै बाँकी रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *