कोरानोको रोकथामका लागि प्रदेश पाँचका नाकामा उच्च सतर्कता

दाङ, ३ चैत्र | कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ । भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमानाकामा सरकारले विशेष निगरानी बढाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालगन्जस्थित नेपाल–भारत सीमानाकामा सतर्कतास्वरुप सुरक्षा र स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । नाकामा हेल्थ डेस्क राखेर नेपाली र भारतीय यात्रुको स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) वीरबहादुर ओलीले नाकामा प्रहरी परिचालन भएर उच्च सतर्कता अपनाइएको बताउनुभयो । बेलहिया–सुनौली नाकामा पनि भारतबाट भित्रिनेको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *