विपी आधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास

सिसहनियाँ, २ चैत्र । राप्ती गाउँपालिका ३ बसन्तपुरमा रहेको विपी आधारभुत विद्यालयको २ कोठे भवनको आइतवार शिलान्यास गरिएको छ । भवनको शिलान्यास प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुले गरेका छन् । प्रदेश सरकारको १० लाखको लागतमा २ कोठे भवन निमार्ण हुन लागेको विद्यालयका शिक्षक कुमबहादुर गुरुङले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिलान्यास कार्यक्रममा राप्ती गाउँपालिका ३ नम्बर वडा अध्यक्ष चन्दर चौधरी, विद्यालयका अध्यक्ष सनिराम चौधरी र प्रअ देवीराम चौधरी लगायतको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *