तुलसीपुर महोत्सवमा दर्शकको ओईरो

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

तुलसीपुर, माघ १५ । दाङको तुलसीपुरमा जारी महोत्सवको छैठौ दिन वुधबार पनि उस्तै भिडभाड रह्यो । दैनिक उत्साहजनक उपस्थीति रहेको महोत्सवमा बुधबार पनि अघिल्ला दिन जस्तै भिडभाड भयो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई हौसाएको छ । निमार्णाधिन सभाहलको निमार्ण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दैनिकजसो हुने दर्शकहरुको भिडभाडले आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी एवम् सदस्यहरुलाई भने जिम्मेवारी थप गरिदिएको छ । संघका पदाधिकारी एवम सदस्यहरु, सुरक्षाकर्मी, स्वयम सेवकहरु सवै भिडभाडलाई व्यवस्थापन गर्न मै व्यस्त रहेका छन् । महोत्सवमा आउने हजारौ दर्शकहरुका कारण महोत्समा रहेका स्टलहरु समेत भरी भराउ भए । स्टलहरुमा समेत राम्रो कारोबार भएको व्लाङकेटको स्टल राखेका व्यवसायीले वताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्य महोत्सवको तुलनामा तुलसीपुर महोत्सवमा दर्शकको उपस्थीति र व्यवसाय समेत राम्रो भएको उनीहरुको भनाई छ । त्यस्तै गरि अन्य स्टलहरुमा समेत राम्रो व्यापार भएको व्यवसायीहरुले वताए । बुधबार महोत्सवमा टिका पुनले दर्शकहरुलाई निक्कै मनोरञ्जन दिएको दर्शकहरुले बताए । वुधबार अन्य कलाकारहरु चक्र वम, राजु ढकाल, लेखान्त भुषाल, दिवाकर भण्डारी, रेश्मा केसी, रञ्जिता पाण्डे लगाएतको प्रस्तुति रह्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा विहिबार सवै भन्दा धेरै कलाकारहरु आउने आयोजकले वताएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चित कलाकारहरुको सहभागिता रहने भएको छ । वालबालिकाहरुमा चर्चित भएका बाल कलाकार अशोक दर्जी, टंक वुढाथोकी, एआर वुढाथोकी, दिपाशा विसि, प्रकाश कडेल (गुलेलि कान्छा), विक्रम राना, जानकी तारमी मगर लगाएतका कलाकारहरु आउने आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार शर रेग्मीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *