काठ तस्कार दाङ प्रहरीको नियन्त्रणमा

शिवु खनाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी, माघ १५ । दाङको देउखुरीमा सालको काठ सहित एक जना काठ तस्कारी डिभिजन वन कार्यालय देउखुरीले पक्राउ गरेको छ ।

मंगलवार बेलुकी पाँच बजे बगार बाबा फर्निचर उद्योगका संचालक विरबहादुर चोधरीको नजिकैको बारीमा लुकाएर राखिएको अवस्थामा सुराकिको सुचनाको आधारमा डिभिजन वन कार्यालय देउखुरी र सव डिभिजन वन कार्यालय सतवरियाको संयुक्त गस्तीमा खटिएको टोलीले सालजातको फन्टा चार थान परिमाण चार क्युफिट सालको काठ सहित एकजना काठ तस्करी पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीण विडारीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ गरिएको सालको काठ डिभिजन वन कार्यालय देउखुरी लमहीको नियन्त्रणमा रहेको छ । भने काठ तस्कार वडा प्रहरी कार्यालय लमहीको नियन्यत्रणमा राखिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जनकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *