दाङमा जडिबुटी उत्पादनमा चासो : टिमुर उत्पादनमा जोड

दाङ, १५ माघ | डिभिजन बन कार्यालय दाङले जडिबुटी उत्पादनमा ध्यान केन्द्रीत गरेको छ । चालू आर्थिक बर्षमा दाङका विभिन्न क्षेत्रमा ५ लाख बढी टिमुरका विरुवा रोप्न लागिएको छ । जिल्लाका चार ठाउँमा जडिवुटि, काष्ठ तथा डाले घासँको उत्पादन थालिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालयका सहायक वन डिभिजन अधिकृत तथा सूचना अधिकारी खिम बहादुर केसीका अनुसार चार ठाउँमा उत्पादन थालिएको छ । जसमध्ये एक लाख सुगन्ध कोकिला, २० हजार टिक, मसला, चिउरी, तेजपात डाले घासँ र काष्ट गरेर जम्मा एक लाख ९५ हजार विरुवा जिल्लाका विभिन्न क्षेत्रहरुमा उत्पादन भईरहेको सूचना अधिकारी केसीले बताउनु भयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरी डिभिजन वन नर्सरी अम्बापुरमा जडिवुटि ६० हजार, सुगन्ध कोकिला टिमुर १० हजार, काष्ठ र डालेघासँ ९५ हजार उत्पादन थालिएको छ । सवडिभिजन कार्यालय नारायणपुर नर्सरीमा टिमुर २५ हजार, मालगेडी पाँच हजार, काष्ठ तथा डालेघासँ ५० हजार विरुवा उत्पादन हुँदै छ । यस्तै सवडिभिजनल वन कार्यालय तुलसीपुरको नर्सरीमा टिमुर २५ हजार, मालगेडी पाँच हजार, काष्ठ तथा डालेघासँ ५० हजार विरुवा उत्पादन हुँदै छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यालयले चालूआर्थिक वर्षलाई ‘टिमुर वर्ष’का रूपमा मनाउने समेत तयारी गरेको छ । जसअनुसार जिल्लाका विभिन्न क्षेत्रमा टिमुरका ५ लाख बिरुवा रोप्न लागिएको छ । यसका लागि हाल विभिन्न नर्सरीहरूमा टिमुरका १ लाख बिरुवा उत्पादन गरि सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *