कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी नाका १५ दिनका लागि बन्द

घोराही, १५ माघ | चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालसँगको व्यापारिक रसुवागढी नाका बुधबारदेखि १५ दिन बन्द भएको छ । दुई देशका अधिकारीबिचको छलफलमा रसुवागढी नाकाबाट केरुङ प्रवेशमा रोक लगाउने जानकारी चिनियाँ पक्षले गराएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशरबहादुर राइले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कोरोना भाइरसको संक्रमण रोक्न, केरुङतर्फ जाने सडकमा हिउँ परेको तथा ढुंगाहरू खसेर दुर्घटना हुन सक्ने र ल्होसार पर्वमा परेको सार्वजनिक बिदाको कारण देखाउँदै चिनियाँ पक्षले आवत जावतमा रोक लगाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आगमन प्रस्थान अनुमति पत्र लिएका रसुवाका नागरिकलाई भने नाका पारीसम्म मात्र जान दिने चिनिया पक्षले जनाएको छ । चिनमा उक्त भाइरसले महामारि लिएपछि नेपालमा समेत सतर्कता अपनाईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *