बालविवाह तथा बालश्रम अन्त्यका लागि विद्यालयमा नाटक

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ७ माघ | बालविवाह र बालश्रम अन्त्यका लागि तुलसीपुरका विभिन्न सामुदायिक विद्यालयमा कचहरी नाटक प्रस्तुत गर्ने गरिएको छ । समाजमा बालविवाह र बाल श्रम अझैपनि कायमै रहेको भन्दै तुलसीपुरका विभिन्न सामुदायिक विद्यालयमा कचहरी नाटक प्रस्तुत गर्ने गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा युनिसेफ नेपालको आर्थिक सहयोगमा कचहरी नाटक तुलसीपुरका १८ वटा सामुदायिक विद्यालयमा देखाउने कार्यक्रम रहेको उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक शाखा अधिकृत माया श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजसम्म तुलसीपुरका १० वटा सामुदायिक विद्यालयमा नाटक देखाइएको छ । आजमात्रै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको बालमितेरी माध्यमिक विद्यालय र तुलसीपुर उपमहानगरपालिका वडा १२ हरिपौरीमा रहेको पशुपति मावि कचहरी नाटक प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालय पढ्ने बालबालिकाले सानै उमेरमा बालविवाह गर्दा हुने समस्या र बालबालिकालाई श्रममा लगाउन नहुने कचहरी नाटकमा कथाबस्तु समेटीएको छ । नाटकमा समिक्षा पुन, रेजिना मिया, शोभा अधिकारी, राजकुमारी चौधरी, संगम अधिकारी, सुरेश भण्डारी, भुमा केसी, मदन बस्याल, पारस पोखरेल र श्रृजना भण्डारीले अभिनय गर्नुभएको छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष पर्शुनारायण चौधरी र वडा नम्बर १२ का अध्यक्ष सुर्यबहादुर डाँगीले बालविवाह र बालश्रमको अन्त्य गर्नका लागि कचहरी नाटक विद्यालय–विद्यालय पुगेर प्रस्तुत गर्ने गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *