कृषि क्षेत्रमा कृषकहरुका आत्मनिर्भर हुन आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

दंगीशरण, माघ ७ । दाङको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले कृषकहरु स्वमय कृषि पेशालाई सम्मान पूर्वक हेर्नुपर्ने बताएका छन् । कृषकहरु आफुलाई अपहेलीत नजरले हेर्ने गरेकाले पनि दंगीशरणमा कृषकहरु कृषि पेशाबाट आत्मनिर्भर हुन नसेको बताए । अवका दिनमा गरीव मझौला वर्गका किसानहरुका लागि कृषि अनुदान कार्यक्रम संचालन गरिने भन्दै अध्यक्ष चौधरीले मौसमी तथा बेमौसमी बालीलाई संगसंगै उत्पादन गरेर कृषि क्षेत्रलाई उत्पादनमूखी बनाउनुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दंगीशरण गाउँपालिका कृषि शाखाको आर्थीक बर्ष २०७६÷७७ स्विकृत कार्यक्रम अन्र्तगत ५० प्रतीशत अनुदानमा प्लाष्टिक टनेल वितरण कार्यक्रममा अध्यक्ष चौधरीले बताउनुभयो । ‘अव दंगीशरणका किसानहरुका लागि कोल्ड स्टोर निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको त्यसैले कृषकहरु उत्पादन बढाउँन तर्फ लाग्नुस् ।’ अध्यक्ष चौधरीले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

टर्नेल वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले कृषकहरुले गाउँपालिकाबाट पाएको अनुदान सहि ठाउँमा सदुपयोग गर्न आग्रह गर्नुभयो । सो अवसरमा कृषक राजकुमार शाहीले गाउँपालिकाले गरेको यो अनुदान कार्यक्रमले कृषकहरुलाई थप सेवा प्रदान गरेको प्रती खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा दुई वटा सहकारी दुई वटा कृषि फर्म गरी ३३ वटा कृषि समुहहरुलाई टर्नेल प्लास्टिक वितरण गरीएको थियो । कृषि शाखाका प्रमुख सरु भुषालको अध्यक्ष्यता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कृषि शाखाका मानबहादुर डांगीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको शहजीकरण आशिष केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *