तुलसीपुरमा पनि महोत्सवको तयारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

तुलसीपुर, माघ ७ । तुलसीपुर उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको तुलसीपुर महोत्सव २०७६ आउन ३ दिन मात्र बाँकी रहदा तयारी तिव्र पारिएको छ । महोत्सवको मञ्च निर्माण, स्टल निर्माण, स्वागतद्धार, प्रमाणपत्र छपाई, टिकट छपाई लगाएतका कामहरु अन्तिम चरणमा पुगेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवलाई सभ्य एव भव्य रुपमा सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु महोत्सवलाई सम्पन्न गर्नका लागि परेका छन । जस अन्र्तगत मंगलबार महोत्सव मुल समितिले संघका पुर्व अध्यक्षहरुसँग महोत्सवका बारेमा छलफल गरेको छ । छलफलका क्रममा पुर्वअध्यक्षहरुले सभाहलको निर्माण कार्य सम्पन्न गर्नका लागि आयोजना गरिएको महोत्सवलाई सफल पार्न आआफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुर्वअध्यक्षहरु संगको छलफका क्रममा सभाहल निमार्ण संगै तुलसीपुर एअरपोर्टको स्तरोन्नतीका लागि समेत कुरा उठाउन सुझाव दिएका छन् । महोत्सवको उदघाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री आउने भएकाले ज्ञापन पत्र सहित मन्त्रिको ध्यानकर्षण गराउन सुझाव दिएका छन् ।

महोत्सव मुल समितिका संयोजक वीरबहादुर रावतको अध्यक्षतामा भएको छलफलमा संस्थापक अध्यक्ष डिल्लीबहादुर वस्नेत, चिरिञ्जीवी रिजाल, गणेशप्रेम श्रेष्ठ, उत्तमकुमार श्रेष्ठ, हेमन्त रिजाल, निर्वतमान अध्यक्ष विमल रिजाल, सल्लाहकार सुरेश हमाल, महासचिव रुपबहादुर खत्री लगाएतले एअरपोर्ट स्तरउन्तती र सभाहल निर्माण कार्र्य सम्पन्न गर्नका लागि महोत्सवको आयोजना गरिएको हुँदा यसलाई सफल पार्नका लागि सम्पुर्ण दाङवासीको सहयोगको अपेक्षा गर्नु भएको थियो । माघ १० गते देखि २० गतेसम्म १० दिन महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने, १५ करोडको आर्थिक कारोबार हुने तथा १ करोड रुपैया बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *