पर्यटकको संख्या भने घट्दै : नेपालमा सबैभन्दा बढी भारतका पर्यटक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २८ पुस | सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको शुभारम्भ गरे पनि नेपाल आउने पर्यटकको संख्या भने घट्दै गएको पाइएको छ । अध्यागमन विभागका अनुसार सन् २०१९ अर्थात गएको अंग्रेजी वर्षमा नेपाल आउने विदेशी पर्यटकको संख्या ११ लाख ५२ हजार ५ सय ६१ रहेको थियो । जबकी सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन् २०१९ मा भारत, चीन, अमेरिका, बेलायत जर्मनी लगायतका देशबाट आउने पर्यटकको संख्या अघिल्लो बर्षको तुलनामा बढेको छ । तर, श्रीलंका, बेलायत, फ्रान्स लगायतका केही युरोेपेली देशबाट आउने पर्यटक घटेका छन् ।

नेपाल आउने सबैभन्दा धेरै पर्यटक भारतका छन् । भारतबाट सन् २०१८ मा नेपाल आउने पर्यटकको संख्या २ लाख रहेकोमा सन् २०१९ मा २ लाख ९ हजार पुगेको छ । यस्तै चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार पर्यटक आएकोमा गएको वर्ष १ लाख ६९ हजार पुगेको छ । यस्तै अमेरिकी पर्यटक २ हजारले बढेर ९३ हजार पुगेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

श्रीलंकाबाट आउने पर्यटकको संख्या १५ हजार भन्दा धेरैले घटेको छ । श्रीलंकाबाट सन् २०१८ मा ७० हजार ६ सय पर्यटक नेपाल आएकोमा सन् २०१९ मा ५५ हजार ८ सय ६९ पर्यटक मात्रै नेपाल आएका छन् ।

यस्तै बेलायतबाट आउने पर्यटक पनि घटेका छन् । सन् २०१८ मा ६३ हजार पर्यटक आएकोमा अहिले ६१ हजार पर्यटक आएका छन् । यस्तै सन् २०१८ मा फ्रान्सबाट ३१ हजार पर्यटक आएकोमा सन् २०१९ मा ३० हजार ६ सय पर्यटक आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै गएको वर्ष जर्मनबाट ३६ हजार, थाइल्याण्डबाट ४१ हजार, अष्ट्रेलियाबाट ३८ हजार, बंगलादेशबाट २५ हजार, म्यानमारबाट ३६ हजार, मलेसियाबाट २१ हजार, जापानबाट ३० हजार, कोरियाबाट २९ हजार पर्यटक नेपाल आएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *