मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिता सुरु,उद्दघाटन खेलमा १५ बिजयी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २७ पुस | घोराही उपमहानगरपालिका तेस्रो मेयर कप रनिङ फूटबल तथा प्रथम उपमेयर कप छात्रा भलिवल प्रतियोगिता आज देखी सुरुभएको छ । घोराही १८ नवलपुर खेल मैदानमा आज देखी सुरु भएको प्रतियोगिताको प्रतिनिधी सभा सदस्य शान्ता चौधरीले उद्घाटन गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सामाजिक विकास समितिका संयोजक भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले खेल क्षेत्रलाई अघि बढाउन सरकारले लगानी र संरक्षणमा बिषेश ध्यान दिएको बताउनुभयो । खेलकुद जित्ने र हार्ने मात्रै नभई स्वस्थ रहने, अनुशासित बन्ने र आत्मीयता बढ्ने क्षेत्र भएको उल्लेख गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले खेलकुदलाई नगरले विषेश पक्षकारुपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । खेल क्षेत्रको संरक्षण, प्रर्बद्धन, खेलाडीहरुलाई उत्साहित एवं खेल प्रति आकर्षित गर्न नगर स्तरीय र वडा स्तरमा समेत खेलकुदलाई उच्च प्राथमिकता दिईएको उल्लेख गर्नुभयो । जिल्ला फुटवल संघका अध्यक्ष शुसिल श्रेष्ठले सरकारकै संरक्षण र लगानीमा खेल क्षेत्रको विकास हुने बताउनुभयो । उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गोविन्द घर्तीले गर्नुभएको थियो ।

मेयर कपमा १९ वटै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन भने उपमेयर कप छात्रा भलिबल प्रतियोगितामा ११ विद्यालयका छात्राहरु सहभागी हुने भएका छन् । भलिबल आगामी माघ ४ गते देखी सुरु हुने छ भने फुटवल आज देखी नै सुरुभएको छ । आज वडा नम्बर १३ र १५ विच भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा नम्बर १३ लाई शून्यका बिरुद्ध १ गोलले १५ विजयी भएको छ । वडा १५ का जर्सी का खेलाडीले १ गोल गरेका थिए |सोमबार देखी नबलपुर र भरतपुर मैदानमा दैनिक तीन तीन समुह बिच प्रतिस्पर्धा हुने छ । सोमबार नवलपुर खेल मैदानमा बिहान वडा न २ भर्सेज वडा न ७ , दिउसो वडा ९ भर्सेज ३ र बेल्का वडा १९ र १६ भिड्ने छन |

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरि भरतपुर खेल मैदानमा बिहान वडा ५ भर्सेज ८ , दिउसो वडा १७ भर्सेज १० र बेल्का वडा १ र ६ भिड्ने छन | लिग चरणमा हुने खेल आगामी माघ १३ गते सम्म चल्ने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *