सडक डिभिजन कार्यालय दाङका प्रमुखलाई विप्लव समुहद्वारा कालोमोसो

Blog Post Ad Blog Post Ad Blog Post Ad
दाङ, पुस २७ । दाङमा सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । नेकपाका कार्यकर्ताहरुले आइतवार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् ।
नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही गर्नुका १५ वटा कारणहरु उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रमुख ‘जीतेन्द्र चौधरीमाथि कारवाही किन रु’ भन्ने शीर्षकमा १५ वटा आरोपहरु लगाइएका छन् ।
विज्ञप्ति जस्ताको तस्तै
प्रेस बिज्ञप्ति नेपाली श्रमजीवी र स्वाभिमानी जनताको प्रिय पार्टी, हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशा, भरोसा, विश्वासको मत र मन जित्दै दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरुलाई केन्द्रभागमा राख्दै ‘एकीकृत जनक्रान्ति’को राजनीतिक वैचारिक, साङ्गठानिक भव्य आलोकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने महान लक्ष्य र उद्देश्य विचार आदर्शका साथ जनक्रान्तिको ऐतिहासिक प्रक्रियामा छ ।
सामाजिक फासिवादी दलाल संसदीय व्यवस्था दिनप्रतिदिन विभिन्न काण्डले थिलोथिलो हुँदै मृत्युको संघारमा अन्तिम छटपटाहटका साथ अमेरिकी साम्राज्यवादको एमसीसीको हिरन लिँदै मृतप्रायः आयु लम्बाउन अनेकन चिच्याहट ९बर्बराहट मच्चाइरहेको छ । कथित कम्युनिस्टको जामा भिरेको केपी–पिके ब्वाँसाहरुले आफ्नो लुटखसोटको स्वर्ग बचाइराख्न जनताका सेवक हाम्रा प्रिय नेता कार्यकर्तामाथि विविध प्रकारका फासिष्ट तानाशाही दमन चक्र चलाउँदै जेलनेल तथा व्यक्ति हत्यासम्म गर्दै आइरहेको छ ।
गाउँगाउँमा युद्धकालीन फौजी अप्रेसन चलाएर श्वेत आतंक खडा गरेका छन् जस्को हाम्रो पार्टीले मुखतोड जवाफ पनि दिँदै आएको छ र भविष्यमा पनि त्यस्ता फासिष्ट दमनलाई कुल्चदै अगाडि बढ्दै जाने छ । यसै सन्दर्भमा जनताको असली सेवक हुनुका नाताले जनताका पिरमर्का, दुखकष्टमा हाम्रो पार्टीको हरहमेशा साथ हुने गर्दछ नै ।
जनता नै इतिहासका निर्माता हुन् भन्ने मान्यताका साथ जनस्तरबाट प्राप्त सल्लाह, सुझाव, गुनासालाई आत्मसात गर्दै जनसत्ताका गतिविधि सञ्चालन गर्दै जनसेवा प्रवाह गर्दै आएको पनि छ । जनताका बैरी र जनविरोधी हर्कत गर्ने जोकोहीलाई कारवाही गर्ने गरेको सबैमा अवगत नै छ । यही सिलसिलामा सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाई केशमुण्डन गरी कारवाही गरेको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *