दाङमा यस बर्ष मात्रै २ हजार ७८ मुद्दा दर्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर २७ पुस | दाङ देउखुरी जिल्ला अदालतमा यस आर्थिक बर्षमा २ हजार ७८ मुद्दा दर्ता भएको छ । गत आर्थिक बर्षमा एक हजार ८२ मुद्दा दर्ता भएको मा यस बर्ष भने मुद्दामा केही बृद्धि भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ देउखुरी जिल्ला अदालत घोराहीको तथ्याङ्क अनुसार पुस २५ गते सम्म २ हजार ७८ मुद्दा दर्ता भएको मध्ये ९ सय ९७ थान मुद्दा फैसला भएको छ । फैसला भएका ९ सय ९७ मुद्दामा सरकार बादी २ सय ६ थान, दुनिया बादी फौजदारी १ सय ४५ थान र दुनिया बादी देवानी ६ सय ३१ थान मुद्दा रहेका छन् ।

अहिले अदालतमा पर्ने मुद्दामा सरकार बादी फौजदारी, दुनिया बादी फौजदारी, दुनिया बादी देवानी, पुनराबेदन, सरकारबादी पुनराबेदन, दुनिया बादी पुनराबेदन, घरेलु हिंसा र अदालतको हपहेलना रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२ हजार ७८ मुद्दा दर्ता भएकोमा ९ सय ९७ थान मुद्दा फैसला भएको छ भने १३ सय ८१ थान मुद्दा फैसला हुन बाकी रहेको अदालतका ना.सु केशब श्रेष्ठले जानकारी दिनुभयो ।

१३ सय ८१ थान मुद्दा अहिले फैसला हुने क्रममा रहेको छ । यि मुद्दा मध्ये कतिपय मुद्दामा कागजात नपुगेको, केही मुद्दाको समय नपुगेको र केही मुद्दामा प्रमाण तथ्य नभएका कारणले पनि यि मुद्दा फैसला हुन नसकेको श्रेष्ठको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *