विद्यालयमा बृत्ति मार्ग निर्देशन कार्यक्रमको तालिम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ पुस | घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन तालिम भएको छ । विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले वृत्ति–मार्ग निर्देशन तालिम भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मर्गनिर्देशक शिक्षक मार्फत कक्षा ९ पढ्ने करिव ७० जना विद्यार्थीहरुलाई दुइ समूहमा बिभाजन गरी ६ दिनसम्म तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई पहिलो चरणमा ६ दिने तालिम दिइएको र अब उनीहरुले सोही कार्ययोजनाका आधारमा कार्य गर्ने छन् ।

अहिले तालिम लिएका विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ । कार्यक्रममा कक्षा ९ पढ्ने विद्यार्थीहरुलाई उनीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी दिइएको थियो । उनिहरुले भविष्यमा रोज्य बृत्तिको योजना, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुषमा रेग्मी, बृत्ति सहजकर्ता बिन्दु रेग्मी, बृत्ति मार्ग निर्देशक शिक्षक हेमराज शर्मा र एन्जिला के.सी. ले प्रशिक्षण दिनु भएको हो ।

आफ्नो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुषमा रेग्मीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङका सरस्वती माध्यमिक विद्यालय भरतपुर, गंगा मा.वि., मा.वि. रझेना, महेन्द्र मा.वि. धर्ना र मा.वि. हापुर रतनपुरमा सञ्चालन गरिएको छ । तीन बर्ष अघी शुरु गरिएको कार्यक्रम अहिले देशभरका १ सय ५१ विद्यालयमा सञ्चालनमा ल्याएको छ । बृत्ति मार्ग निर्देशन कार्यक्रममा गत वर्ष ६ हजार ५ सय बढी विद्यार्थी लाभान्वित भएका छन ।

१४ देखि १८ बर्षसम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को अगुवाइमा सञ्चालनमा आएको हेल्भेटास नेपालको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाअन्तर्गत प्राविधिक तथा कार्यान्वयन साझेदार संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युटद्वारा वृत्ति–मार्ग्निर्देशन कार्यक्रममार्फत विभिन्न सामुदायिक विद्यालयमा वृत्ति–मार्ग्निर्देशन कार्यक्रम शुरु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *