राष्ट्रियसभा निर्वाचनको अन्तिम तयारी

दाङ, पुस २७ । निर्वाचन आयोगले यही माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनको लागि अन्तिम तयारी भइरहेको जनाएको छ। सातवटै प्रदेशमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेसंगै आयोग अन्तिम तयारीमा जुटेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उम्मेदवारको मनोनयनदेखि निर्वाचन चिन्ह वितरणसंगै आयोगको सम्पूर्ण ध्यान मतदानको व्यवस्थापनमा गएको बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो–‘आयोगले अब मतदान सामग्री, मतदान केन्द्रको निर्माण, कर्मचारी खटाउने र अनुशिक्षण काममा ध्यान केन्द्रीत गर्नेछ’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो।

आयोगले मतपत्र छाप्ने गृहकार्य अघि पनि बढाएको छ। महिला, दलित र अल्पसंख्यक र अन्य समूहलाई प्रदेशसभा सदस्य र स्थानीय तहका ंप्रमुख र उपप्रमुखले मतदान गर्ने मतपत्र बेग्लाबेग्लै हुनेछ। अब हुने निर्वाचनमा नेकपाका १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपालका २, नेपाल मजदुर किसान पार्टीका २ र राष्ट्रिय जनमोर्चा पार्टीका २ जना गरी जम्मा ४५ जना उम्मेदवारले भाग लिनेछन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उम्मेदवारहरूलाई सम्बन्धित पार्टीको निर्वाचन चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ।यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि महिलातर्फ १६, दलिततर्फ ५, अपाङता भएको व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ५ र अन्यततर्फ १९ गरी कूल ४५ जना उम्मेदवार रहेका छन्।

मतपत्र छाप्ने संगै निर्वाचनको तयारीका लागि केही दिनभित्रै कर्मचारी खटाउने काम सुरु हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। कर्मचारीहरुलाई तयारी अवस्थामा राखिएको छ। मतदान केन्द्रको निर्माण गरिने र मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरु गरी एउटा मतदान केन्द्रमा करिब नौजनाको टिम खटाउने गृहकार्य भइरहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयोगले सो निर्वाचन प्रयोजनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश नं ३ को ललितपुर महानगरपालिका ४ नं वडा समितिको भवन र गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ।

यस्तै, प्रदेश नं ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्लाद्म वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन, सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ मतदाता कायम रहेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *