घोराहीमा दरबन्दी मिलानमा राजनीति

दाङ, पुस २७ । नेपाल शिक्षक संघको शनिवार घोराहीमा भएको भेलाले घोराही उपमहानगरपालिकालाई शिक्षक दरवन्दी तत्काल सच्याउन माग गरेको छ । नगर शिक्षा समितिले हालै गरेको शिक्षक दरवन्दी मिलान कार्य बिचारबाट प्रवाहित तथा पूर्वाग्रही भएको भन्दै तत्काल सच्चाउन माग गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संघका अध्यक्ष गिरिराज शर्मा अधिकारीको अध्यक्षता तथा नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतामा भेला भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक संघका ५ नम्वर प्रदेश अध्यक्ष योगीले घोराही उपमहानगरपाकिाभित्र गरिएको शिक्षक दरवन्दी राजनीतिक पूर्वाग्रहवाट प्रेरित रहेको हुँदा तत्काल त्यो सच्याउन माग गरेका हुन ।

उनले संघीय शिक्षा मन्त्रालयले गरेको दरवन्दी मिलानको बिपरित उपमहानरपालिाले कार्य गरेको आरोप लगाए । पेशागत संघसंगठनको परामर्स बिना पूर्वाग्रहरी हिसावले घोराहीमा गरिएको दरवन्दी मिलान तत्काल नसच्चाए शिक्षक संघ आन्दोलनमा जान बाध्य हुने योगीले चेतावनी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भेलाले आगामी माघ ४ गते घोराहीमा स्थानीय तहको प्रतिनिधिसभा गर्ने निर्णय पनि गरेको छ । त्यसमा बाह्य तथा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका घोराही उपमहानगरपालिका शिक्षकहरुलाई सम्मान गरिने भएको छ । त्यस्तै भेलाले नगर पालिकाका १९ वटै वडा र विद्यालय तहमा शिक्षक संघको ईकाइ समिति गठन गर्ने, शिक्षक एकता बचत तथा ऋण सहकारी संस्थामा सम्पूर्ण नेपाल शिक्षक संघका शिक्षकहरुलाई सदस्य बन्न अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।

कार्यक्रममा नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेत,जिल्ला सचिव प्रकाश डाँगी, पुर्व जिल्ला सदस्य सतिस आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण संघका सहसचिव जगतबहादुर वलीले गरेका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *