खानेपानीको आपूर्तीमा सरकार गम्भीर : चौधरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, पुस २७ । प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले उपभोक्तालाई कसरी शुद्ध खानेपानी पु¥‍याउने हो, त्यस तर्फ खानेपानी संस्थाले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ । ‘सहज र पर्याप्त खानेपानीको आपूर्ती गर्ने विषयमा तिनै तहको सरकार गम्भीर रहेको बताउदै, खानेपानी र सरसफाइमा राजनीति नगरौं, यहाँका दलहरूले साझा योजना बनाउनुस्, खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन ।’ प्रतिनिधिसभा सदस्य चौधरीले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका १५ औँ वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै सदस्य चौधरीले खानेपानी संस्था उपभोक्ता हितमा लाग्र्नुपर्नेमा जोड दिँदै सर्वसुलभ रुपमा खानेपानी जडान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश नं. ५ का सांसद रेवतिरमण शर्माले खानेपानीको आयोजना बनाएर मात्रै नभएर त्यसको व्यवस्थापन गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शर्माले उपभोक्तालाई शुद्ध खानेपानी पु¥याउन आवश्यक रहेको र नेपालको संविधानले हरेक नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने ग्यारेन्टी गरेकाले एक घर एक धाराको अभियान सरकारले सञ्चालन गरेको बताउनु भएको छ । पानीको स्रोत संरक्षण अहिलेको आवश्यकता रहेको र त्यस तर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले लमही नगरपालिकाले खानेपानीको क्षेत्रमा धेरै कार्यक्रम तथा महत्वपूर्ण योजनाहरु अगाडि सारेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानी उपभोक्ताको पहुँचमा पुग्नु मात्रै विकास होइन, यो संस्थाको मुल उद्देश्य हो भन्ने सम्झेर उपभोक्ताको घरदैलोमा शुद्ध खानेपानी पु¥याउनु पर्छ ।’ लमही नगरपालिकाले लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासंग नगर क्षेत्रमा शुद्ध खानेपानी विस्तारका लागि सहकार्य गरि अगाडि बढ्ने उप–प्रमुख बेल्वासेले प्रतिवद्वता व्यक्त गर्नुभयो ।

लमही खानेपानी संस्थाका अध्यक्ष डण्डिराम चौधरीको अध्यक्षता एवं प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा लमही नगरपालिका प्रवक्ता बिमबहादुर केसी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेल, सिसहनियाँ खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाका कोषाध्यक्ष अर्जुन अधिकारी लगायतले बोल्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव सनमकुमार पौडेलले गर्नु भएको थियोे ।

कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका सचिव सनमकुमार पौडेल र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष जंगबहादुर चौधरीले प्रस्तुत गर्नु भएको थियो । लमही नगरपालिका क्षेत्र भित्र ३ हजार सात सय ७८ जना उपभोक्त रहेका छन् । लमही खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाले उपभोक्तलाई देउपुरमा रहेको ३ वटा डिप बोरिङको स्रोतबाट शुद्ध खानेपानी उपलब्ध गराउदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *