उच्च अदालत तुलसीपुरमा लक्ष्य भन्दा बढी मुद्धा फछ्र्योट

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर, पुस २४ । उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म लक्ष्य भन्दा धेरै मुद्धा फछ्यौट गर्न सफल भएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को साउन देखि मंसिर मसान्तसम्ममा अदालतमा दर्ता भएका २ सय ३८ वटा मुद्धा मध्ये १ सय ७४ मुद्धा फछ्र्योट गर्न सफल भएको हो । बुधवार तुलसीपुरमा पत्रकारसगं अन्तरक्रिया कार्यक्रमको आयोजना गरि अदालतले गरेका काम कारवाहीका वारेमा जानकारी गराएकोे हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उच्च अदालत तुलसीपुरका रजिष्टार एवं सुचना अधिकारी प्रेम खड्काका अनुसार २०७६÷०७७ मा मंसिर मसान्तसम्ममा २ सय ३८ मुद्धा दर्ता भएका थिए । त्यस मध्ये १ सय २८ मुद्धा मात्र फछ्यौट गर्ने लक्ष्य भए पनि अदालतले लक्ष्य भन्दा बढी १ सय ७४ मुद्धा फछ्यौट गर्न सफल भएको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमध्ये साउन महिनामा ३ मुद्धा फछ्यौट गर्ने लक्ष्य अनुसार ३ वटै फछ्यौट भईसकेको छ । त्यस्तै भदौमा २९ मुद्धा फछ्यौट गर्ने लक्ष्य भएपनि लक्ष्य भन्दा बढी ६१ मुद्धा फछ्यौट भएका छन । असोजमा १७ मुद्धा फछ्यौट गर्ने लक्ष्य मध्ये २५ मुद्धा फछ्यौट,कार्तिकमा ३१ मुद्धा फछ्यौट गर्ने लक्ष्य मध्ये ५२ वटा मुद्धा फछ्यौट भएका छन भने मंसिर महिनामा ४८ वटा मुद्धा फछ्यौट गर्ने लक्ष्य राखिएको भएपनि ३३ मुद्धा फछ्यौट भएका छन । हाल सम्मको तथ्याङ्क हेर्दा लक्ष्य भन्दा बढी (१३९.२० प्रतिशत ) प्रगती भएको अदालतले जनाएको छ ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस रमेश पोख्रेलका अनुसार चालु आर्थिक वर्षमा बलात्कारका मुद्धा बढी दर्ता भएका छन । बलात्कारको घटनालाई पेशाको रुपमा अंगालेकोले रेपका घटनाहरु बढेको उहाँको भनाई छ । त्यस्तै ज्यान मार्ने उद्योगका घटना पनि जिल्लामै बढ्दो छ । उहाँका अनुसार अहिले बैकिङ् कसुरका २ वटा मुद्धा चलिरहेका छन । उच्च अदालत तुलसीपुरमा आवश्यक जनशक्ती नहुदाँ न्याय सम्पादनमा समस्या भएको छ । अदालतका मुख्य न्यायधिस रमेश पोख्रेलका अनुसार अदालतमा ६ जना न्यायाधीशको दरबन्दी भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उक्त कार्यक्रममा पत्रकार सुरेस क्षेष्ठ,सुसील बस्नेत लगाएतले बोल्नुभएको थियो । सहजीकरण अदालतका शाखा अधिकृत मानबहादुर विष्टले गर्नुभएको थियो । साथै उच्च अदालत तुलसीपुरले चालु आर्थिक वर्ष २०७६÷७७मा ४ सय ८५ मुद्धा फछ्यौट गर्ने लिएको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *